लेखनाथ । गण्डकी प्रदेशका ट्राफिक प्रमुख प्रभुप्रसाद ढकालले सवारीचालकसँग ट्राफिकको व्यवहार सभ्य र सालिन हुनुपर्ने बताएका छन् ।
लेखनाथ उद्योग बाणिज्य संघले ढकालको सम्मानमा राखेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
आफूले जिम्मेवारी सम्हालेलगत्तै सडकमा उभिएका ट्राफिकको आनीबानीमा नै परिवर्तन हुने गरी मुस्कान सहित आवश्यक सोधपुछका कुरा अगाडि बढाउँदै जाने बताए ।
ट्राफिक प्रहरी दुर्घटना न्यूनीकरण गर्न प्रतिकूल मौसमबीच सडकमा उभिएका राष्ट्र सेवक हुन् तर नियम र परिधिमा रहेका सवारीचालकलाई दुःख दिने वा कुनै किसिमको आर्थिक लाभको काम ट्राफिकबाट हुन गयो भने आफूले सम्बन्धित ब्यक्तिलाई कारबाही गरेरै छाड्ने चेतावनी दिए ।
ट्राफिक राज्यको प्रतिनिधि हो भन्ने भावनाले सावरीचालकले पनि ट्राफिकलाई हेर्नु पर्ने सुझाव दिँदै ब्यवहारिक र कानूनी पक्ष हेरेर सबैको हित हुने गरी ट्राफिक ब्यवस्थापन हुने बताए ।
कार्यक्रममा संघका अध्यक्ष बलराम ढकालले ब्यवसायीका व्यवहारिक पक्षलाई पनि हेरर सवारीसाधनको चेकजाँच गर्नुपर्ने सुझाव दिए । उनले दुःख दिने र राजश्व संकलनकै नाममा ट्राफिकका गतिविधि हुन नहुने धारणा राखे ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, निवर्तमान अध्यक्ष कृष्णहरि भण्डारी, वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, महासचिव गोपिचन्द्र बास्तोला, द्वितीय उपाध्यक्ष राजेन्द्र ओझा लगायतले दुर्घटना न्यूनिकरण गर्न सबैलाई ट्राफिक नियमबारे जानकारी गराउनुपर्ने आवश्यकतामाथि प्रकाश पारे ।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१