कास्की,१६ भदौ । पोखरा महानगरपालिकाले बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्य सहित ‘गण्डकी बहुप्राविधिक शिक्षालय’ स्थापना गरेको छ । शिक्षालयमा यसैवर्षदेखि ‘डिप्लोमा इन अटोमोवाइल इन्जिनियरिङ’ र ‘डिप्लोमा इन सिभिल इन्जिनियरिङ’को तीन वर्षे कोर्षको पठनपाठन सञ्चालन हुनेछ ।
अटोमोवाइल इन्जिनियरिङ सम्वन्धी आवश्यक सीपको अभावमा यहाँका युवा बेरोजगार बस्नुपर्ने बाध्यता रहेको अवस्थामा महानगरपालिकाले यस क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ ती विषयमा अध्यन अध्यापन शुरु गर्न लागेको हो । महानगरले प्राविधिक शिक्षा तथा तालीम परिषद्(सिटिइभिटी)बाट सम्वन्धन लिएर वडा नं २९ भण्डारढीकमा स्थापना गरेको बहुप्राविधिक शिक्षालयबाट प्राविधिक विषयमा अध्यापन हुनेछन् ।
पछिल्ला वर्षहरुमा तीव्र विकास भएको क्षेत्रमा अटोमोवाइल पर्दछ । स्वदेशभित्रै गाडीका पार्टपुर्जा तथा उपकरणहरुको उत्पादन नभएपनि छिमेकी मुलुकबाट आयात हुन्छ ।गाडी तथा यसका पार्टपुर्जाको आयातसँगै यसको मर्मत सम्भारको काम गर्ने अधिकाँस जनशक्ति समेत विदेशीनै छन् । उच्च रोजगारी प्राप्तिको क्षेत्र भएपनि देशभित्र सो कामका दक्ष जनशक्ति नहुँदा ठूलो धनराशी बाहिरिएको छ ।
सिभिल इन्जिनियरिङ अधिकांश प्राविधिक शिक्षालयहरुमा पढाइ हुने भएपनि अटोमोवाइल पढाइ हुने कलेज तथा क्याम्पसहरु नगण्य छन् । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको पश्चिमाञ्चल क्याम्पसमा केही वर्ष अघि अटोमोवाइल विषय अध्यापन गरिएपनि पनि हाल सो विषयको पठनपाठन हुँदैन ।सिटिइभीटिले विद्यार्थी भर्नाका लागि आवेदन खुलाउने र उत्तीर्ण विद्यार्थीहरुलाई शिक्षालयमा अध्यापन गरिने महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बताए । उनका अनुसार दुवै विषयमा ४८÷४८ सिट संख्या निर्धारण गरिएको र एसइई उत्तीर्ण विद्यार्थीले आवेदन गर्न सक्नेछन् । आगागी दशैँपछि कक्षा शुरु गर्ने तयारी गरिएको छ ।
महानगर प्रमुख मानबहादुर जिसीले सबैभन्दा बढी रोजगारी प्राप्तिको क्षेत्रमा सँधै परर्निभर बन्नुपर्ने अवस्थाको अन्त्य गर्न अटोमोवाइल क्षेत्रको जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखिएको जानकारी दिए । उनले आगामी दिनमा पर्यटन, वन, कृषि, लगायत बजारको मागका आधारमा अन्य विषयका कक्षाहरु समेत थप गर्दै योजना अनुसार बहुप्राविधिक शिक्षालय स्थापना गरिएको बताए । उनले भने, ‘सँधै परनिर्भर भएर पैसा बाहिर पठाएर यहाँका मान्छे बेरोजगार बस्नुको अर्थ छैन, अटोमोवाइलवालाहरुलाई समेत आफूलाई चाहिने जनशक्ति लगानी गरेर पढाउ भन्ने हो,रोजगारको सुनिश्चिता गरेपछि मान्छे पढ्न आउलान् भन्ने छ ।’
यस वर्ष पहिलोपटक दई विषयमा प्राविधिक विषय अध्यापन गरिएपनि शिक्षालयको पूर्वाधार निर्माणपछि प्राविधिक धारका कक्षाहरु समेत थप गर्र्दै शिक्षालयलाई प्राविधिक शैक्षिक संस्थाको रुपमा विकास गर्ने योजनाका साथ महानगरपालिका अघि बढेको उनले जानकारी दिए । विद्यार्थी कोटा निर्धारण,छात्रवृत्ति तथा भर्ना शुल्क तय गरिसकिएको महाशाखा प्रमुख आचार्यल बताए ।
Related News
सम्बन्धित समाचार
पोखरामा २१ जना लागुऔषध सेवनकर्ता पक्राउ, प्रशिक्षणिछि अभिभावकको जिम्मा
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
राम्जा पोखरा समाजमा धनेश्वरी
वडास्तरीय बुद्धिचालमा एकराज प्रथम
hero news full width
मुख्य समाचार
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१