१. देशमा कोरोना भाइरसको संक्रमण बढिरहँदा यसको नियन्त्रण तथा संक्रमितहरुको उपचारको लागि आवश्यक सक्दो सेवा पुर्याउनु सबैको कर्तव्य हो । यसवेला स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत समाजसेवीहरु अग्रभागमा रहेर आ–आफ्नो क्षेत्रमा खटिरहेका छन् । कोरोना संक्रमणको जोखिम पनि बढी अग्रभागमा रहेकालाई नै हुने गर्दछ । तर, त्यसको पनि पर्वाह नगरी उनीहरु कर्तव्य पालनामा लागिरहेका छन् ।
२. कोरोना संक्रमणबाट डाक्टर, नर्स, सेना, प्रहरी, सञ्चारकर्मी, नेता, समाजसेवी कुनै क्षेत्र पनि अछुतो छैन । संक्रमित हुनेहरु पनि उपचार पछि फेरी सेवामा लागेका छन् र विरामीहरुको हौसला बढाईरहेका छन् । तिनै सेवकहरुलाई समाजमा यदाकदा अपमान गर्ने काम भएको समाचारले धेरैलाई दुःखित बनाएको छ । केही व्यक्तिहरुले देखाएका क्रियाकलापले समाजलाई नै लज्जित बनाएको छ ।
३. स्वास्थ्यकर्मीहरुलाई घर वरपर डेरामा बस्न पनि नदिने, संक्रमितका घर परिवारलाई समेत दूरदूर गर्ने, उपचारबाट फर्केकाहरुलाई समेत घरमा बस्न नदिने आदि व्यवहारले समाजमा मानवता नै हराएको महशुस हुन्छ । केही महिना अघि मृत्यू भएको संक्रमितको अन्त्येष्टिमा समेत अवरोध खडा हुने गरेको थियो । यस्तो दुव्र्यवहार गर्नेहरुमा जनप्रतिनिधिहरु समेत रहेका सुन्दा समाज के हुदैछ भन्ने चिन्ता हुनु स्वभाविकै हो ।
४. उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, सुरक्षामा खटिएका सुरक्षाकर्मी र सूचना दिने सञ्चारकर्मी लगायतका हरप्रकारका सेवा पुर्याउने स्वयमसेवी, समाजसेवीहरु निस्कृय भएर बसीदिए भने झन् के हालत होला । संकटको वेलामा उनीहरुलाई झन् उत्साह दिएर अगाडि बढाउनु पर्नेमा हतोत्साह गर्नेकाम भयो भने त्यसको नराम्रो परिणाम सबैले भोग्नु पर्दछ । तसर्थ किञ्चित पनि उनीहरुलाई मन दुखाउने काम गर्नु हुदैन । कसैले गरे भने पनि समाजले तुरुन्त माफी माग्न लगाएर समस्याको समाधान गरिदिनुपर्छ । अभद्र व्यवहार गर्नेलाई सजायँ पर्दछ ।
५. सरकारी स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले तलब भत्ता खाएका छन् । तिनले काम नगरे कसले गर्ने भन्ने पनि कुरा आउँछ । तर तलब भत्ता पचाउने मात्रको कामले समाजमा सेवा पुग्न सक्दैन । दिलै देखि लाग्नुपर्छ । मेरो काम यत्ति मात्र हो, यति समय मात्र हो नभनी जो रातोदिन समाजसेवामा खटिएर आफ्नो ज्यानको समेत पर्वाह नगरी लागेका छन्, ती आदरणीय समाजसेवी, स्वयंसेवी व्यक्तित्वहरुलाई सम्मानपूर्ण व्यवहार समाजले गर्नुपर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१