क्रिस्टियानो रोनाल्डोले जिते ‘गोल अफ द सिजन’ को अवार्ड

आदर्श समाज सम्वाददाता
भाद्र १२, २०७७
Ronaldo

तस्बीर : बीबीसी डट को युकेबाट साभार

पोखरा । क्रिस्टियानो रोनाल्डोले युइएफए च्याम्पियन्स लिग फ्यान्स ‘गोल अफ द सिजन’ अवार्ड जितेका छन् ।

युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले घोषणा गरेको च्याम्पियन्स लिगको ‘गोल अफ दि सिजन’मा रोनाल्डोको गोल उत्कृष्ट ठहरिएको हो ।

पोर्चुगिज तथा इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर रोनाल्डोलाई मतको आधारमा अवार्डको घोषणा गरिएको हो । यस अवार्ड जित्ने क्रममा रोनाल्डोले आरबी लाइपजिगका मार्सल साबिट्जरलाई पछि पारेका हुन् । अवार्ड जित्ने क्रममा रोनाल्डोको गोलले सर्वाधिक मत प्राप्त गरेको थियो ।

तस्बीर : स्टान्डर्ड डट को डट युकेबाट साभार

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत लियोनविरुद्धको दोस्रो लेगमा रोनाल्डोले गरेको गोल उत्कृष्ट बनेको हो । रोनाल्डोले डिबक्स बाहिरबाट देब्रे

खुट्टाले प्रहार गरेको लामो बल उत्कृष्ट गोल हुन पुगेको थियो । यो खेल युभेन्ट्सले २–१ ले जितेको थियो । युभेन्टसको दुबै गोल रोनाल्डोले गरेको थियो । रोनाल्डोले एक गोल भने पेनाल्टीबाट गरेका थिए ।

तर, पहिलो लेगमा १–० ले पछि परेको युभेन्ट्स अवे गोलको आधारमा च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width