पोखरामा हल्ट प्राइज तयारी

आदर्श समाज सम्वाददाता
भाद्र १२, २०७७

पोखरा । ‘फूड फर गूड’ नाराका साथ नोभेल एकेडेमी पोखरामा डिसेम्बर पहिलो साता हुने हल्ट प्राइज–२०२०/२१ हुने भएको छ ।

विश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त प्रतियोगिता हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसंघले संयुक्त आयोजना गर्दैछन् ।

यो प्रतिस्पर्धा विद्यार्थीका लागि नोबेल पुरस्कार भनेर चिनिने अमेरिकी १ मिलियन डलरको ग्लोबल स्टार्टअप पुरस्कार यसको मुख्य आकर्षकरूपमा रहेको क्याम्पस निर्देशक बरुण क्षत्रीले बताए ।

कार्यक्रमका लागि क्याम्पस निर्देशक क्षत्री र उपनिर्देशक मनमोहन रिमालको संयुक्त संयोजनमा आयोजक समिति समेत गठन भइसकेको छ । रिमालले आगामी कार्यक्रममा विद्यार्थीलाई आवश्यक तालिम व्यवस्था समेत क्याम्पस समितिले गर्ने जानकारी दिए ।

नोभेल एकेडेमी पोखरामा हुने सो कार्यक्रममा विश्वविद्यालयका सम्पूर्ण आंगीक तथा सम्बन्धनप्राप्त क्याम्पसमा स्नातक वा स्नातकोत्तर तहका विद्यार्थीले ३ वा ४ जनासम्मको एउटा समूह बनाई सहभागी हुन पाउनेछन् ।

पूर्वाञ्चल विश्वविद्यालयले २०१८ देखि सो प्रतियोगिता आयोजना गर्दै आएको छ । सो विश्वविद्यालयको सम्बन्धन पोखरामा प्रतिनिधित्व गर्दै यो हल्ट प्राइज पहिलो पटक यहाँ सञ्चालन हुन लागेको कार्यक्रमका सल्लाहकार एवं नोभेल एकेडेमी पोखराका प्रमुख कार्यकारी अधिकृत विश्वेश्वर आचार्यले बताए ।

कार्यक्रमलाई नोभेल एकेडेमी, नोभेल फाउण्डेसन, युनुश सोसियल बिजनेस सेन्टर, सफल आवाज डटकमले सहयोग गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width

trending post

ट्रेन्डिङ्ग