लागुऔषधसहित २ पक्राउ

आदर्श समाज सम्वाददाता
भाद्र ११, २०७७
arrested

Representative Image

पोखरा । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा लागुऔषध कारोबारमा संलग्न अभियोगमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका वडा ९ का २३ वर्षीय सुवास श्रेष्ठ र वर्ष २६ का ध्रुव श्रेष्ठ रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

बुधबार बिहान सवा १२ बजे गैँडाकोट २, मौलाकालिका गेट नजिक हिडिरहेको अवस्थामा प्रहरीले टोलीले शंका लागि चेकजाँदा गर्दा उनीहरुले अवैध लागुऔषध साथमा लिएको पत्ता लगाएका हुन् ।

जसमा २ सेट (नुफिन, फेनरागन र डाइजोपाम गरी ६ एम्पुल) तथा लुकाइएको अवस्थामा थप २० सेट गरी कुल २२ सेट (६६ एम्पुल) लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनायो ।

Related News

सम्बन्धित समाचार

hero news full width