नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघको आर्थिक सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण २९, २०७७
117131358_665713814034693_1610837091448757953_n

नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीले बिहीबार दुई अपरेटर र हेल्परका परिवारलाई एक लाख ५० हजारका दरले नगद आर्थिक सहयोग गरेको छ।

प्युठान झिमरुक गाउँपालिकाका महेन्द्र जिसीको पर्वतमा मोटर बाटो बनाउने क्रममा करिब १ वर्ष अगाडि दुर्घटनामा परी उपचारको क्रममा निधन भएको थियो भने म्याग्दी, धवलागिरी गापा–४ खिवाङका शेरबहादुर पुनको हिलापोखरीमा मोटर बाटो बनाउने क्रममा ढिस्कोले पुरेर घटनास्थलमै निधन भएको थियो।

नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीका अध्यक्ष सुशीलकुमार शर्माले कार्यक्रममा बोल्दै दुर्घटना न्यूनीकरणका कार्यक्रम ल्याए पनि कथम कदाचित दुःखद् घटना घट्दा परिवारलाई समस्यामा परेकाले
संस्थाले सहयोग गरेको बताए । उनले सहयोगले केही मात्रामा भए पनि पीडित परिवारलाई सहयोग पुग्ने बताए । साथै उनले संस्थामा आबद्ध सम्पूर्ण आजीवन सदस्यको दुर्घटना र कोरोना बीमा गरिएको पनि जानकारी दिए ।

कार्यक्रममा हेभी इक्युपमेन्ट व्यवसायी निश्चल पोखरेलले पनि शुभेच्छा व्यक्त गरेको कार्यक्रम संस्थाका अध्यक्ष सुशीलकुमार वाग्लेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन संघ कास्कीका सचिव उमानाथ आचार्यले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width