आवजको “मौन आवाज” कार्यक्रम सम्पन्न

आदर्श समाज सम्वाददाता
श्रावण २९, २०७७
Youth

पोखरा । अन्तर्राष्ट्रिय युवा दिवस–२०२० को अवसरमा पोखरामा क्रियाशिल युवाहरुको समुह आवजले समानताको लागि सडक सन्देश “मौन आवाज” कार्यक्रम सम्पन्न गरेको छ । बुधबार पोखराको मानवअधिकारचोकमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध युवाहरु सहभागी थिए ।

सहभागी युवाहरुले विभिन्न आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक, पर्यावरणीय तथा लैङ्गीक समानता लगाएत वर्तमान समय सान्दर्भिक विषयहरुसँग सम्बन्धीत विभिन्न सचेतना र जानकारी मुलक पोस्टरहरु लिएर प्रदर्शन गरेका थिए ।

कार्यक्रम उपस्थित सम्पूर्ण युवाहरुलाई स्वागत गर्दै संस्थाकी उपाध्यक्ष शर्मिला सुनारले युवाहरु एकताबद्ध भएर सामाजिक रुपान्तरणको जिम्मेवारी उठाउनुपर्ने बताईन् । संस्थाका अध्यक्ष प्रकाश सुनारले सहभागीहरुलाई धन्यवाद दिँदै आजको आवश्यकता भनेकै समाज र राष्ट्रको हरेक संयन्त्रमा युवाहरुको सहभागिता बृद्धि गर्दै समाजलाई युवा नेतृत्वमय बनाउनुपर्ने धारणा राखे ।

Related News

सम्बन्धित समाचार

hero news full width