वडा सदस्य गुरुङको नीलम्बन माग

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७७

पोखरा  । नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा २१ ले पोखरा २१ का वडा सदस्य रामबहादुर गुरुङलाई तत्काल पदबाट निलम्बन गर्न माग गरेको छ ।

वडा कार्यसमितितर्फबाट सभापति केवल गिरीले वडाध्यक्ष खगराज आचार्यलाई ज्ञापनपत्र बुझाउँदै वडा सदस्य गुरुङलाई निलम्बन गर्न माग गरेका हुन् ।

काँग्रेसले आवश्यक अनुसन्धान अघि बढाइ अपराध बमोजिमको कानूनी कारबाही गर्न माग गरेको हो ।

ज्ञापनपत्रमा सार्वजनिक भएको संवाद रेकर्डकै आधारमा पनि उनी कानूनी र चारित्रिक दुवै दृष्टिले पदमा रहिरहन नमिल्ने जनाइएको छ ।

वडा सदस्य रामबहादुर गुरूङ (कमल) र एक उपभोक्ता समितिका अध्यक्षबीच बाटोको फरफारकसम्बन्धी कुराकानीको अडियो रेकर्ड सार्वजनिक हुँदा वडा सदस्य गुरूङले नगद १ लाख रूपैयाँ घूस लिई योजना फरफारक, मूल्याङ्ककन गर्न सकिने अन्यथा नसकिने बताएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

hero news full width