पोखरा । पोखरा महानगरपालिकामा भइरहेको आर्थिक अनुशासनको बारेमा सूचना तथा समाचार आएपछि नेपाली काँग्रेस (वीपी) कास्कीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीले सो सम्बन्धमा महानगपालिकाका प्रवक्ता धनबहादुर नेपाली मार्फत प्रमुख मानबहादुर जिसीलाई ध्यानाकर्षणपत्र बुझाएको सभापति चन्द्रबहादुर रानाभाटले बताए ।
सभापति रानाभाटले लामो समय जनप्रतिनिधिविहीन बनेका स्थानीय निकायहरुमा जनताका प्रतिनिधिका रुपमा चुनिएर आएका व्यक्तिहरुको नेतृत्व भैसकेपछि आर्थिक अनुसासन र पारदर्शीता हुन्छ र विकासले गति लिन्छ भन्ने विश्वासका विपरीत महानगरपालिका भ्रष्टाचारमा चुर्लुम्म डुबेको समाचारले आफूहरु चिन्तित भएको बताए ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, “मलेपको प्रतिवेदन अनुसारको रकम बराबरको हिसाबकिताब कर्मचारीहरुको मिलेमतो र जनप्रतिनिधिहरुको समेत संलग्नतामा हिनामिना गरिएको हुनसक्ने भएकाले यसको यथार्थ छानबिन गरी दोषी उपर आवाश्यक कानूनी कारबाहीका लागि हाम्रो पार्टी जोडदार माग गर्दछ ।’
महानगरमा भएको करोडौ रुपैयाँ आर्थिक अनियमिततामाथि तत्काल छानबिन गरी महानगरवासीसमक्ष प्रष्ट पार्न १५ दिनको अल्टिमेटम दिएको बताए । साथै तोकिएको समयभित्र आर्थिक अनियमितता छानबिन नगरी बेवास्ता गरिए कडा आन्दोलनमा उत्रने सो पार्टीले चेतावनी दिएको छ ।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१