काठमाडौँ, २४ साउन । सरकारले विदेशमा अलपत्र परेका ४५ हजारभन्दा बढी नेपाली नागरिकको उद्धार गरेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज परस्थितिमा विश्वका ५८ देशबाट हालसम्म ४५ हजार ६६२ जनाको उद्धार गरिएको हो ।
उद्धार गरिएकामध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार २५ र सबैभन्दा कम इरान, आर्मिनिया र चेक गणतन्त्रबाट दुई–दुईजना छन् । त्यसैगरी साउदी अरेबियाबाट ६ हजार ५८२, मलेसियाबाट ६ हजार ४६४, कुवेतबाट ६ हजार ३२० र कतारबाट चार हजार ७१८ जनाको उद्धार भएको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार हालसम्म प्रदेश नं १ का नौ हजार ४१८, प्रदेश नं २ का सात हजार ३५६, वाग्मती प्रदेशका १२ हजार ५७०, गण्डकी प्रदेशका पाँच हजार ७८२, प्रदेश नं ५ का सात हजार ४७९, कर्णाली प्रदेशका एक हजार २६ र सुदूरपश्चिम प्रदेशका एक हजार १६८ जनालाई उद्धार गरिएको छ । शुक्रबारमात्र ८६३ जनाको उद्धार गरिएको र संयुक्त अरब इमिरेट्सको दुबईबाट १५१ जनाको शव ल्याइएको उक्त केन्द्रले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
रेडक्रसलाई लुम्बिनी विकासको सहयोग
विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम
डुंगा पल्टिएपछि तत्कालै उद्धार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१