पोखरा । हाइकिङ माध्यमबाट पोखरा आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ पोखरेली युवाको सक्रियतामा गत वर्षदेखि सञ्चालित हाइकिङ पुनः सञ्चालनमा आएको छ ।
कोरोना भाइरसका कारण ‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’ भन्ने मूल नाराका साथ प्रत्येक महिनाको तेस्रो शनिबार गर्दै आइएको हाइकिङ झण्डै ४ महिनादेखि स्थगित थियो ।
बन्दाबन्दी खुलेको अवस्थामा सामाजिक दूरी एवं मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्दै स्थगन हाइकिङ पुनःसञ्चालनमा ल्याइएको हाइकर्स क्लब नेपालका उपाध्यक्ष तथा हाइकिङ व्यवस्थापन संयोजक कृष्ण रानाभाटले जानकारी दिए ।
पुनःसञ्चालित हाइकिङको शृङ्खलाअन्तर्गत साउन महिनामा भने दोस्रो शनिबार पोेखर– १६ स्थित पर्यटकीयस्थल महेन्द्र गुफादेखि घार्मी गाउँ, ढिकीडाँडा हुँदै हरिपाउसम्म हाइकिङ गरिएको थियो ।
सो ठाउँँबाट पोखरा बजार नेपालको राष्ट्रिय झण्डाको आकारमा देखिने बताउँदै उनले यो ठाउँसँगै यहाँका मैदान पोखरी, कालिका देउराली मन्दिरलगायतका प्राकृतिक एवं सांस्कृतिकस्थललाई पर्यटनसँग जोड्न लागिएको उल्लेख गरे ।
यहाँबाट देखिने माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमाली दृश्यसहितका प्रकृतिसहित विद्यमान संस्कृतिलाई पर्यटन बजारमा लैजानुपर्ने आवश्यकता उनले बताए ।
Related News
सम्बन्धित समाचार
होमस्टे महासंघ गण्डकीको प्रशिक्षण
पर्यटनकर्मीलाई ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी तालिम
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
पोखरा भिलेज अब चारतारे
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
hero news full width
मुख्य समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१