पोखरा, ११ साउन । कास्की निर्वाचन क्षेत्र नम्बर २ को स्थानीय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत पोखरा–९ शान्तिवनमा ढल तथा स्ल्यावको निर्माण कार्य सम्पन्न भएको छ ।
पुर्वाधार विकास कार्यक्रमको ७ लाख ९० हजार तथा २ लाख ४८ हजार १ सय ८०को स्थानीय जनश्रमदान १० लाख ४० हजार ३ सय ३६को लागतमा निर्माण कार्य सम्पन्न भएको हो । गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले ढल तथा स्ल्याबको उद्घाटन गर्दै समुदाय स्तरको सचेतना र अपनत्वमा भएको विकास दिगो र प्रभावकारी हुने बताइन् । भूमिहीन सुकुम्बासी लगायत आधारभुततहका जनता बसोबास रहेको क्षेत्रको विकास निर्माणमा राज्यको ध्यान पुग्नु पर्ने उल्लेख गर्दे उपसभामुख शर्माले सुकुम्बासीको आयोग बनेको अवस्थामा सुकुम्बासीको पक्षमा काम गर्ने विश्वास व्यक्त गरिन् ।
गण्डकी प्रदेशसभाका सदस्य रामजी बरालले प्रिय नेता रवीन्द्र अधिकारीको सपना पुरा गर्न प्रतिनिधीसभाका सदस्य विद्या भट्टराई लागि परेको बताए । उनले स्थानीय समुदायको सक्रियता र जनप्रतिनिधीहरुको पहलमा विकास निर्माणको काम भएको उल्लेख गर्दै अव लामो समयसम्म भूमिहीन र सुकुम्बासी नरहने दावी गरे । क्षेत्री समाज नेपालका अध्यक्ष तथा प्राडा दिलबहादुर क्षेत्रीले जहाँ आवश्यकता त्यहाँ विकास निर्माण लैजानु पर्ने सुझाव दिए । उनले टोलवासीहरुले आफ्नो काम आफै गर्नु पर्ने बताए ।
शान्तिवन ढल तथा स्ल्याब निर्माण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य मिना गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर ९का सदस्य राममाया मानन्धर, निर्माण अनुगमन समितिका संयोजक प्रकाश शर्मा, निर्माण समितिका कोषाध्यक्ष पुर्खबहादुर मगर लगायतका वक्ताले विकास निर्माणको बारेमा बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
डुंगा पल्टिएपछि तत्कालै उद्धार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१