गोपाल गुरुङको स्मरण

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७७
gopal 1

पोखरा । समाजसेवी गोपाल गुरुङको प्रथम स्मृति दिवस शुक्रबार मनाइएको छ । पोखरास्थित पञ्चकोशी समाज घरमा एक कार्यक्रम गरी उनको स्मरण गरिएको हो ।

पञ्चासे क्षेत्रको समग्र विकासको निम्ति ३ दशकदेखि निरन्तर लागेका गुरुङलाई सधैँ जिवितराख्न पञ्चासेमा गोपाल स्मृति पार्क निर्माण गरिँदैछ । क्या. हितमान गुरुङको अध्यक्षतामा ११ सदस्यीय समिति गठित छ ।

सोही समितिको आयोजनामा भएको कार्यक्रममा वक्ताले स्व. गुरुङको सामाजिक योगदानको चर्चा गरे । उनी पञ्चायतकालमा प्रधानपञ्च र बहुदलीय व्यवस्था आए पश्चात समेत गाविस अध्यक्षमा निर्वाचित भई गाउँ र जनताको सेवामा खटिएका थिए ।

लोकप्रिय गुरुङको नेतृत्वकालमा गाउँमा खानेपानी, सडक, सिँचाइ, हेल्थपोष्ट, वनसंरक्षणजस्ता अनेक विकासका कार्य भए । २०५४ पश्चात उनको ध्यान पञ्चासे क्षेत्रतर्फ गयो । सक्रिय राजनीतिदेखि थौरै पर रहेर पूर्णरुपमा समाजसेवी भइ पञ्चासेको विकासमा दत्तचित्त भइ लागे । पञ्चासेलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउने कार्यमा उनको मुख्य भूमिका छ । कार्यक्रममा समिति सहसचिव दिलबहादुर भट्टराइले कार्यप्रगतिबारे जानकारी दिए ।

अध्यक्ष क्या. हितमान गुरुङले पार्क निर्माणको लागि सरकारसँग पनि आर्थिक सहयोगको पहल गरिरहेको बताए ।

कार्यक्रममा पञ्चासे बुद्ध विहारका प्रमुख मीन गुरु, शिक्षासेवी शेरबहादुर गुरुङ, बाह्बीसे पंैगिलामा परिवार पोखराका अध्यक्ष ना.सु. कुलबहादुर गुरुङ र समितिका सचिव चिजकाजी गुरुङले स्व. गुरुङको योगदानको चर्चा गरे ।

कार्यक्रममा स्मृति पार्क निर्माणका लागि सहयोगस्वरुप उनको परीवार, चेलिबेटी, विभिन्न संघसंस्थाा र ब्यक्तिहरुद्वारा रकम हस्तान्तरण गरिएको थियो । गुरुङको ६२ वर्षको उमेरमा गत वर्ष काठमाडौंमा स्वर्गारोहण भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width