यस वर्षको बालोन डी’ओर उपाधि रद्द

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७७
balon D or Trophy

पोखरा । फ्रान्स फुटबलले प्रदान गर्ने विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत उपाधि बालोन डी’ओर यस वर्ष रद्द हुने भएको छ ।

फ्रान्स फुटबलले एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । सन् २०५६ पछि पहिलो पटक यस उपाधि रद्द गरिएको हो ।

आयोजक फ्रान्स फुटबलले उपाधि बा’लोन डीओर उपाधि विजेता घोषणा गर्न न्यायोचित रुपमा पर्याप्त आधारहरु नरहेको भन्दै यस वर्ष उक्त उपाधि रद्द गर्ने निर्णय लिएको जनाएको छ । कोरोना संक्रमणका कारण केही लिग रद्द हुँदा केही लिग छोटो समयमा धेरै खेल गरेर समापन गरिएको हुँदा उपाधि रद्द गरिएको उल्लेख गरेको छ ।

‘बिकराल परिस्थितिमा उपाधि घोषणा गर्नु उचित छैन,’ फ्रान्स फुटबलले भनेको छ, बालोन डी’ओर आयोजकले यस उपाधि उत्कृष्टता मात्र नभएर एक उदाहरण, एकता र जिम्मेवारी वहन गर्ने व्यक्तित्वको प्रतिनिधित्व गर्नेछ ।’

पछिल्लो दशक क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले यस उपाधिमाथि वर्चस्व जमाउँदै आएको छ । यस वर्ष उपाधि विजेता घोषणा नहुने भएपछि गतवर्षको विजेतासँगै एक वर्षसम्म यो उपाधि सुरक्षित रहनेछ । गतवर्ष बार्सिलोनाका कप्तान मेस्सी उत्कृष्ट पुरुष खेलाडी घोषित भएका थिए । अमेरिकाकी मेगन रापिनो उत्कृष्ट महिला खेलाडी बनेकी थिइन् । नेदरल्यान्ड तथा युभेन्टसका म्याथिस डे लिग्ट उत्कृष्ट युवा खेलाडी र लिभरपुल तथा ब्राजिलका एलिसन बेकर उत्कृष्ट गोलरक्षक भएका थिए ।

यस वर्ष पनि विगतझैं मेस्सी र रोनाल्डो उपाधिको होडमा थिए । यी दुईबाहेक बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र म्यानचेस्टर सिटीका केभिन डे ब्रुएन प्रतिस्पर्धी थिए । यो उपाधि मेस्सीले छैटौं र रोनाल्डोले पाँचौं पटक जिति सकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width