बार्सिलोनाको नयाँ जर्सी सार्वजनिक

आदर्श समाज सम्वाददाता
असार ३१, २०७७
Barcelona

पोखरा । फुटबल क्लब बार्सिलोनाले सिजन २०२०–२१ को जर्सी सार्वजनिक गरेको छ । क्लबले आफ्ना पुरुष तथा महिला खेलाडीलाई नयाँ जर्सीमा फोटो सुट गराएर जर्सी सार्वजनिक गरेको हो । नयाँ जर्सीमा बार्सिलोनको सिनियर टोलीका प्रमुख खेलाडी मेस्सी, स्वारेज, ग्रीजम्यान लगायतका खेलाडीको तस्वीर सार्वजनिक गरेको थियो ।

नयाँ जर्सीजारी सिजनको भन्दा केही फरक छ । जर्सीमा बार्सिलोनाको मौलिक रङ लाई ‘क्लासिक’ ढाँचामा प्रयोग गरिएको छ । नाइक कम्पनीले नयाँ जर्सी उत्पादन गरेको हो ।

बार्सिलोनाको नयाँ होम किट २०१०–११ को सिजनकोसँग मिल्दोजुल्दो देखिएको छ ।

केही महिना अघि पनि बार्सिलोनको नयाँ जर्सी भनेर सार्वजनिक भईआएका थिए । सिजन २०१९–२० को होम किट पनि क्रोएसियाको राष्ट्रिय टोलीको जर्सी मिलेको भन्दै आलोचना भएको थियो ।

बार्सिलोनाले नयाँ जर्सी यो सिजनको अन्तिम होम म्याचमा आगामी बिहीबार घरेलु मैदान क्याम्प नोउ रंगशालामा खेल्दा प्रयोग गर्ने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width