’छोटो कद उच्च व्यक्तित्व’ यो भनाइ अक्सर नेपोलियन वोनापार्टको पर्यायवाची शब्दका रुपमा प्रयोग गरिन्थ्यो । नेपोलियन शारीरिक रुपमा केही होचा थिए तर उनले आफूलाई उच्च व्यक्तित्वको नेतामा उभ्याउन सफल भएका थिए र अहिले पनि विश्वव्यापी रुपमा उनको चर्चा गरिन्छ । सानादेखि ठूलासम्म सबैले उनलाई चिन्दछन् । उचाइका दृष्टिले महात्मा गान्धी पनि होचै थिए तर उनको व्यक्तित्वको बारेमा जति चर्चा गरेपनि थोरै हुन्छ । राष्ट्रियका लागि गरेको त्याग र वलिदानले उनको व्यक्तित्वको चर्चा सधैं हुन्छ ।
उनको निर्वाचन क्षेत्रको विरासत अहिले बिद्या भट्टराईलाई आएको छ । दक्षिण एसियामा विरासतको राजनीति अक्सर परिवारमा नै बिसाउने प्रचलन रहेको छ । विरासतलाई थाम्न सक्ने योग्यता र हैसियत भएर नै होला । वंगालादेशमा वेगम खालिदा जिया र सेख हसिना वाजेद, भारतमा इन्दिरा गान्धी, पाकिस्तानमा वेनजिर भुट्टो, श्रीलंकामा श्रीमाओ बन्दरानाइके,र चन्द्रिका कुमारातुङ्गा, त्यस्तै गरी नेपालमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पनि पारिवारिक राजनैतिक विरासत नै थिए ।
रविन्द्र अधिकारीलाई नेपोलियन र गान्धीसँग तुुलना गर्नु त त्यति सान्दर्भिक नहोला तर उनी पनि शारीरिक रुपमा होचा थिए तर व्यक्तित्व भने उच्च बनाउन सफल भएका थिए । कास्कीको निर्वाचन क्षेत्र नम्बर तीन र पछि परिवर्तन दुईबाट लगातार तीन पटक प्रतिनिधि सभामा चुनाव जितेर सांसद बन्नु उनको व्यक्तित्वकै कारण थियो । २०६४ सालको पहिलो संविधान सभाको चुनावमा साम, दाम, दण्डद्धारा माओवादीले एउटा तरङ्ग सिर्जना गरेर ठूला ठूला महारथीहरु पराजित भएको अवस्थामा उनले सहजरुपमा चुनाव जिते यो उनको व्यक्तित्वकै कारण थियो । वि.स.२०२६ सालमा जन्मिएका रविन्द्र सानै उमेरमा उदाएर कास्की जिल्लाको विद्यार्थी नेताको पर्यायवाचीको रुपमा स्थापित भए । यो स्तम्भकार २०४५ सालमा स्नातक तहको छात्रवृत्तिको अन्तरवार्तामा उपस्थित हुँदा स्ववियू को प्रतिनिधिको रुपमा १९ वर्षको ठिटाले प्राध्यापकहरुसँग बसेर आफूभन्दा सिनियरको अन्तरवार्ता लिनु उनले आर्जन गरेको व्यक्तित्वको कारण थियो ।
रविन्द्र अन्तरमुखी स्वभावका थिए । जे कामका लागि अनुरोध गर्दापनि धेरै नबोल्ने तर काम हुने नहुने जे भएपनि हुन्न नभन्ने यो उनको स्वभाव थियो । कास्की जिल्लाबाट ने.क.पा.को केन्द्रीय स्तरको नेतृत्वमा पहुँच पुर्याई नीति निर्माणको तहमा पुग्न सक्ने हैसियत उनमा थियो । वि.सं. २०५३ सालको कीर्तिपुरको स्ववियूको चुनावमा प्रायः ने.वि.सं. ले जितेको ठाउँमा चुनाव जित्नु पनि उनको व्यक्तित्वको कारण नै थियो भन्न सकिन्छ । हुनत राजनीतिमा हिँड्ने बाटो सधैं सिधा त हुँदैन, रविन्द्र २०५४ सालमा ए.मा.ले. विभाजन हुँदा मालेतिर लागेर पृथ्वीनारायण क्याम्पसको स्ववियूको चुनावमा बबन्डर मच्चाउन सहयोग गर्नु, २०५६ सालमा भएको प्रतिनिधि सभाको चुनावमा ए.मा.ले. उम्मेदवारलाई हराउने अभियानमा लाग्नु र २०५४ सालमा भएको स्थानीय निकायको चुनावमा परिचालन गर्नका लागि कास्कीका नामुद अपराधीमा गनिएर जेल परेकालाई छुटाएर परिचालन गर्नु उनले अपनाएको राजनीतिको बाङ्गो बाटो थियो । द्वन्द्वकालमा पनि माओवादी विद्रोहीसँग आवश्यकताभन्दा बढी हिमचिम बढाएको उनलाई आरोप लागेको थियो । वाइडबडी, पोखरा अन्तरराष्ट्रिय बिमानस्थल निर्माण र विकास समितिको सभापति हुँदा आर्थिक चलखेलका आरोप उनीमाथि प्रशस्त लागेका थिए तर ती केही असत्य देखिए भने केही प्रमाणित हुन बाँकी छन् ।
सन्दर्भः रविन्द्रको ५१औ जन्मदिन् ।
कास्की क्षेत्र नं.२ बाट चुनाव जितेर पर्यटनमन्त्री भएका रविन्द्रको २०७५ साल फागुन १५ गते हेलिकप्टर दुर्घटनामा दुखद निधन भएपछि उनको निर्वाचन क्षेत्रको विरासत अहिले बिद्या भट्टराईलाई आएको छ । दक्षिण एसियामा विरासतको राजनीति अक्सर परिवारमा नै बिसाउने प्रचलन रहेको छ । विरासतलाई थाम्न सक्ने योग्यता र हैसियत भएर नै होला । वंगालादेशमा वेगम खालिदा जिया र सेख हसिना वाजेद, भारतमा इन्दिरा गान्धी, पाकिस्तानमा वेनजिर भुट्टो, श्रीलंकामा श्रीमाओ बन्दरानाइके,र चन्द्रिका कुमारातुङ्गा, त्यस्तै गरी नेपालमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पनि पारिवारिक राजनैतिक विरासत नै थिए । विद्या भट्टराई पछिल्लो समयमा राजनैतिक पर्दाको पछाडि रहेर प्राध्यापन पेशामा लागेको भएपनि राजनैतिक पृष्ठभूमिको परिवारबाट आएको र अनेरास्ववियूको केन्द्रिय स्तरको महिला विभागको प्रमुख भएर काम गरिसकेकाले राजनैतिक क्षमतामा प्रश्न चिन्ह लगाउन मिल्दैन । उनको वाक् क्षमता राम्रो र लामो समयसम्म प्राध्यापन क्षेत्रमा लागेकाले नेतृत्व गर्नसक्ने हैसियत रहेको मान्न सकिन्छ । तरपनि पुरुषवादी सोच रहेको हाम्रो पूर्वीय दर्शनमा महिलाको राजनैतिकभन्दा पारिवारिक दायित्व बढी रहेको हुन्छ र स्वयं महिलाले नै महिलाका लागि सामाजिक र राजनैतिक उत्थानमा खुट्टा तान्ने काम गरेका हुन्छन् । समान प्रतिस्पर्धामा जहिलेपनि महिलाहरु पुरुषभन्दा पछि नै पर्दछन् । जे.अदाम्स (सन्१९६३)को न्यायिक सिद्दान्त यसैको परिणाम थियो । कास्की क्षेत्र नं. २ जुन रविन्द्रको विरासत उनलाई रहेको छ यो साबिक क्षेत्र नं. ३ मा वडा नं ११,१६ र २० नयाँ थपिएका हुन् । वामपन्थी राजनीतिमा ४,९, र ११ उनका क्षेत्रहरुमा कमजोर आधार भएका वडाहरु हुन् । त्यसमध्ये पनि वडा नं ११ विगत ४८ साल पछाडि भएका हरेक चुनावमा तत्कालिन एमाले भारी मतले पछाडि पर्ने ठाउँ हो । यहाँ प्रजातन्त्रपछिका कुनैपनि चुनावमा कम्युनिष्ट पार्टीले दरो उपस्थिति गर्न सकेको छैन । अक्सर यहाँका समुदायहरुमा परम्परावादी सोच रहेको पाइन्छ । साविक पोखरा उपमहानगर पालिकाका १८ वडाहरुमध्ये भौतिक पूर्वाधार र विकासमा अत्यन्तै पछि परेको छ यो ११ वडा । यो कुरा विगतमा नेतृत्व गर्ने स्थानीय निकायमा निर्वाचित प्रतिनिधिहरुले पनि समीक्षा गर्नु पर्दछ । यहाँका स्थानीयहरु पछि आएर बसोबास गर्नेहरुलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गर्दछन् । उनीहरुको त्यो पुरानो सोचले यहाँको बाटो र अन्य भौतिक निर्माणमा जहिले पनि अबरोध रहेको हुन्छ । यहा पुरानो डेढ हातका पर्खालहरु रहेका छन्, नयाँ नक्साअनुसार बाटो चक्ल्याउनका लागि सार्नु परेको खण्डमा यहाँका रैथानेहरु बाटामा आएर लम्पसार पर्दछन् । नयाँ नाप र नक्सामा उनीहरुले आफूले ओगटेका जग्गाहरुमा विश्वास गर्र्दैनन् । हिन्दीमा एउटा उखान छ ’हमसे हैे जमाना, जमाना से हम नही’ भने जस्तो रैथाने सोच उनीहरुमा रहेको छ । क्षेत्र नं. २ का केही वडाहरु पार्टीका नेताहरुको हेराइमा पनि पछि परेका छन्, ती मध्ये वडा ११ एउटा हो । विगतका चुनावहरुमा यो वडामा धेरै मतले एमाले पछि पर्ने भएकाले नेताहरु ऋृण बोकाउने वडाको रुपमा यसलाई हेर्दथे । उनीहरुले यसो गर्नाको कारण यहाँका कार्यकर्ताहरुको उपयोग केवल चुनावका लागि मात्र हो । चुनाव जितेर गएपछि नेताहरु यहाँका नागरिकसँग अर्को चुनाव नआउन्जलेसम्म सौहार्द सम्बन्ध राख्दैनन्, यो एउटा चुनौती रहेको छ । फेरि कम्युनिष्ट नेताहरुमा कार्यकर्ताहरुलाई रैतीका रुपमा हेर्ने रैथाने सोचाइ पनि रहेको पाइन्छ । जहिले पनि उनीहरु कार्यकर्ताहरुबाट आदर र सम्मानको अपेक्षा गरेका हुन्छन् । अहिलेको २१ औं शताब्दीको उत्तरआधुनिक युगमा नेताले कार्यकर्ता र उसका शुभचिन्तकलाई ठूलो ठान्नु पर्दछ र राजनीतिलाई एउटा लाभको पेशाभन्दा सेवाको पेशाको रुपमा लिनुपर्दछ यो अर्को महत्वपूर्ण चुनौती देखिएको छ ।
नेताले गर्ने नेतृत्व परिस्थितिजन्य हुन्छ । एउटा परिस्थितिमा सफल भएको नेता अर्काे परिस्थितिमा असफल हुन सक्दछ । हरेक परिस्थितिलाई आँकलन गरेर त्यसलाई अनुकूल बनाउनु नेताको गुण र कर्तव्य हो । कास्कीको क्षेत्र नं.२ मा रहेका ११,१६ र २० तीनवटा वडाहरु पछि थपिएका हुन् र यी वडाहरु रविन्द्रका लागि पनि नयाँ थिए । राष्ट्रियरुपमा चिनिएका र उनको व्यक्तित्वका कारणले उनलाई गएको चुनावमा केही सहज भएको थियो । उनले यी वडाहरुमा कुनै त्यस्तो उल्लेख्य काम भने गरेका थिएनन् र उनी पनि यी वडाहरुमा नयाँ थिए । राष्ट्रिय व्यक्तित्वको विरासत भएकाले विद्यालाई सहानुभूतिले चुनाव जित्न केही सहज भएको थियो । अब आउने परिस्थितिलाई अनुकूल बनाउनका लागि विद्याले निरन्तर यहाँका जनसमुदायसँंग सौहार्द सम्बन्ध राख्नुपर्दछ र यहाँका आवश्यकतालाई पहिचान गरेर विचौलीयाबाट काम गराउनुभन्दा योजना छनौट र प्राथमिकिकरणमा आँफै प्रत्यक्ष संलग्न रहने र सङ्गठनात्मक रुपमा कमजोर धरातल भएका वडाहरु ४, र ११ मा निरन्तर जनसम्पर्क गरी आवश्यकता पहिचान गरेर जनसरोकारका विषयमा लगानी बढाउने जस्ता कार्यमा लाग्नु पर्ने देखिन्छ ।
अब आउने परिस्थितिलाई अनुकूल बनाउनका लागि विद्याले निरन्तर यहाँका जनसमुदायसँंग सौहार्द सम्बन्ध राख्नुपर्दछ र यहाँका आवश्यकतालाई पहिचान गरेर विचौलीयाबाट काम गराउनुभन्दा योजना छनौट र प्राथमिकिकरणमा आँफै प्रत्यक्ष संलग्न रहने र सङ्गठनात्मक रुपमा कमजोर धरातल भएका वडाहरु ४, र ११ मा निरन्तर जनसम्पर्क गरी आवश्यकता पहिचान गरेर जनसरोकारका विषयमा लगानी बढाउने जस्ता कार्यमा लाग्नु पर्ने देखिन्छ ।
विरासत भनेको केही समयका लागि बिसाउने चौतारी हो । यो चौतारीमा सधैं आरामले बिसाउन पाइँदैन र सधै रविन्द्रको नाम बेचेर सहज पनि हुँदैन । अब आफ्नो भूमिका आफैँ खाज्नतिर लाग्नु पर्दछ । यो महिलाका लागि स्वाभिमानको संघर्ष पनि हो । विद्या एउटा बौद्धिक र उच्च व्यक्तित्व भएकी महिला भएकाले यो क्षेत्रमा उनले आउने परिस्थितिका लागि आफैँ आधार खडा गर्नु पर्दछ । गएको चुनावमा ने.क.पा.मा एक किसिमको चुनावी लहर नै आएको थियो र चुनाव जित्न सहज भएको थियो फेरि पनि त्यस्तै हुन्छ भनेर सोच्नु गलत हुनेछ । विद्याका लागि काङ्ग्रेसले तुलनात्मक रुपमा कमजोर उम्मेदवार खडा गरेको भएर चुनाव जित्न सहज भएको थियो भने अब त्यस्तो आँकलन गर्दा गाह्रो हुनसक्छ ।
अहिले देश एकातिर कोरोनाको कहरमा आक्रान्त भइरहेको छ तर अर्कातिर ने.क.पा.मा गुट र कुर्र्चीको लडाइले राजनीति चरम विन्दुमा पुगेको छ । हुनत यो हिजो भूमिगत कालमा पनि नभएको हैन,तर यसरी सतहमा आएर छताछुल्ल भएको थिएन । पार्टीमा भएको गुट्ले गर्दा चुनाव जितेर जो सरकारमा गएपनि सरकारमा त्यसको प्रतिविम्व देखिन्छ । वि.सं. २०५१ सालमा निश्कलङ्क कम्युनिष्ट नेता मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला सी.पी. मैनालीले गुटको नेतृत्व गरे र उनको पछि वामदेव गौतम गुटका नेता भएर पार्टी फुटाले । एमालेको एकीकरणपछि उनले आफ्ना कार्यकर्तालाई माओवादीमा पठाएर टाउकामात्र लिएर एमालेमा फर्किए । फेरि माधव नेपाल सत्तामा जाँदा ओलिगुट र ओली सत्तामा जाँदा नेपालगुट देखापर्न थाल्यो । झलनाथ खनाल वीचमा बसेर यता तरल्र्याङ् उता तुल्र्लुङ भएर पेन्डुलम झैं गर्न थाले । अहिले सर्वसत्तावादी र आजीवन पार्टी अध्यक्षका दावेदार प्रचण्डले गुट्को नेतृत्व गरिरहेका छन् । उनलाई देश र जनताको चिन्ता भन्दापनि आफू कसरी सुरक्षित रहने भन्ने मात्र चिन्ता हो । उनी राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा घेरावन्दीमा रहेका छन् । १७००० होनाहार नेपालीको लासमाथि टेकेर शान्ति सम्झौतामा आउनु उनले देश र जनताका लागि भन्दापनि आफ्ना लागि सेफलेन्डिङ् थियो । हरेक दिनजसो यमराज उनको ढोकामा गएर ढक्ढक्याई रहेको अवस्थामा उनले आफूले शक्ति प्राप्त गरेर सुरक्षित रहन जे पनि गर्न पछाडि पर्दैनन् यो कुरा ने.क.पा का नेता र कार्यकर्ताले बुझ्नु पर्दछ । निर्माण भएको एउटा आधारलाई भत्कन नदिने गरी युवापिँढीमा सत्ता हस्तान्तरणमा सहजिकरण गर्नु पर्दछ र अहिलेको राजनैतिक भद्रगोलबाट सहमतिमा आएर देशको प्राथमिकता के हो त्यो पहिचान गर्नतिर ध्यान दिनु पर्दछ ।
नेपालमा अर्कातिर के देखियो भने वि.सं. २०१५,२०४८,२०५६ सालमा बनेका बहुमतका सरकारहरु आफ्नै पार्टीभित्रका गुटका कारणले पूरा समय टिकेनन् । एउटा गुट सरकारमा जान्छ त्यसपछि भोलिपल्टैबाट अर्काले गिराउनका लागि अनेक तिक्डम गरेको हुन्छ । अहिले पनि लगभग त्यस्तै देखिएको छ । राजनीति भनेकै मन्त्री, प्रधानमन्त्री भएर शक्तिप्राप्त गर्ने र प्रशस्त धनआर्जन् गरी मोजमस्ती गर्ने जस्तो देखिएको अवस्थामा भोलिका लागि दरो आधार निर्माण गरी आर्थिक चलखेल र गुट र फुटमा नलागी आफ्नो क्षेत्रमा समर्पित भएर माथि उल्लेखित चुनौतीको सामना गर्नु पर्ने विद्याको दायित्वमा पर्दछ ।
Related News
सम्बन्धित समाचार
कास्की कांग्रेसको शिखर पुरूषको अवसान
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१