१. दुई तिहाई बहुमत ल्याएर सत्तामा पुगेको नेपाल कम्यूनिष्ट पार्टी अहिले आएर पार्टी विभाजन हुन सक्ने सम्मको अवस्थामा पुगेको छ । पार्टीका दुई नेता प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली तथा अर्का अध्यक्ष प्रचण्ड बीच यता केही दिनदेखि नियमित छलफल भईरहेपछि सकारात्मक सन्देश आएको छैन । असार १६ गते सो पार्टीको केन्द्रीय कमिटि वैठकमा अधिकांश नेताले प्रधानमन्त्री ओलीको राजिनामा मागेपछि विवाद चर्किएको हो ।
२. दुइ नेता बीचको छलफलमा पनि प्रचण्डबाट प्रधानमन्त्रीको राजिनामा मागिएको तर प्रधानमन्त्री ओली अध्यक्ष सहित दुवै पद नछाड्ने अडानमा रहेको भन्ने चर्चा आएको छ । दुवै पक्षबीचको अडानले निकाश पाउन सकेको छैन । आलोपालो गरेर प्रधानमन्त्री चलाउने भनी जेठ २ गते भएको सम्झौता छाडेर आफुले भूल गरेको भन्दै पश्चाताप व्यक्त गरेका प्रचण्ड आफै प्रधानमन्त्री बन्न चाहेको बुझिन्छ ।
३. यता केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइदैन भन्दै सडकमा प्रदर्शन भईरहेको छ । प्रधानमन्त्री ओलीको समर्थनमा निस्केको ¥यालीमा ‘भारतीय दलाल मुर्दावाद’ का नारा लगाइएको छ । भारतीय दवावमै प्रधानमन्त्रीको राजिनामाको माग आएको आरोप प्रधानमन्त्रीले लगाउँदै आएका छन् । आफुहरुलाई भारतीय दलालको आरोप लगाइएको भन्दै अन्त्य नेताहरुले आपत्ति जनाएका छन् ।
४. सत्तापक्षीय पार्टी नेकपा भित्रको विवाद अहिले कसैका लागि रुचिकर बनेको छैन । राजनीतिक स्थायित्व पाउन नसकेर बारम्बार पीडा भोगिरहेको यो मुलुकमा अहिले वहुमत पाएको पार्टीले पनि आफ्नो अस्तित्व कायम गर्न नसक्दा देशको भविष्य के होला भनी सबैलाई चिन्तित बनाएको छ । मध्यावधी चुनाव हुने स्थिति नआओस् ।
५. प्रतिपक्ष पार्टीहरुले समेत नेकपालाई पार्टी भित्रको विवाद टुङ्गाउन सुझाव दिइरहेका छन् । नेकपाले नै पाँचवर्ष राम्रो सरकार चलाओस् भन्ने सबैको चाहना छ । पार्टी फुटबाट जोगाउनुपर्छ भनेर आवाज उठिरहेको छ । नेताहरु व्यक्तिगत स्वार्थबाट माथि उठ्न सक्छन् कि सक्दैनन् परीक्षाको घडी छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१