गिरी चुनावी अभियानमा

भीमपाणि बराल
असार २२, २०७७
unnamed

लेखनाथ,२२ असार । नेपाल उद्योग वाणिज्य महासंघको साउनमा हुने आसन्न निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवार दिन लागेका लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरीको चुनावी अभियान सुरु भएका छन् ।

महासंघको ५४ अ‍ैं बार्षिक साधारण सभा तथा महाधिवेसनका लागी गिरीले गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा यस अघि नै गरिसकेका थिए । लेखनाथ उद्योग वाणिज्य संघले सर्वसम्मत निर्णय गरी गिरीलाई केन्द्रीय सदस्यको उम्मेदवार बनाउने निर्णय गरेसँगै चुनावी अभियान सुरु गरिएको संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए । पोखरा उद्योग वाणिज्य संघको टोलीसँग सोमबार बिहान छलफल तथा भेटघाट गरी चुनावी अभियान सुरु गरिएको हो

आफूलाई केन्द्रीय सदस्य बनाउन पोखरा उद्योग वाणिज्य संघबाट सकारात्मक प्रतिक्रिया आएको र अब चुनावी अभियानलाई प्रदेशका सम्पूर्ण उद्योग वाणिज्य संघहरुमा पुर्याउने योजनाका साथ अगाडि वढेको गिरीको भनाई रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width