क्वारेन्टाइनमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट पोजेटिभ

राजेशचन्द्र राजभण्डारी
असार २१, २०७७
Coronavirus_world_2

बागलुङ, २१ असार । बागलुङ जिल्ला ढोरपाटन नगरपालिका स्थित क्वारेन्टाइनमा आइतबार बिहान मृत्यु भएका निसीखोला गाउँपालिकाका युवाको कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा निसीखोला–२ का २९ वर्षीय युवाको रिपोर्ट पोजेटिभ देखिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताए ।उनी केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसिरहेका थिए । मिर्गौला, फोक्सो र स्वासप्रस्वासमा समस्या देखिएपछि भारतमा उपचार गराउन गएका उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि फर्किएको बुझिएको डा. मल्लले बताए ।

भारतबाट केहि दिन अगाडी उनका परिवारका ५ जना फर्किएको र स्वाब परीक्षणमा जनाको नेगेटिभ आएको र एक जना बच्चाको रिपोर्ट आउन बाँकी रहेको मल्ले बताए । नेगेटिभ आएका सबैको पुनः पिसिआर परीक्षण गरिने भएको छ ।मृतक युवाको शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width