स्पेनिस ला लिगामा लिग लिडर मड्रिडको ४ अंकको अग्रता

आदर्श समाज सम्वाददाता
असार १९, २०७७
Real Madrid vs Getafe, Spanish La Liga

पोखरा । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर रियल मेड्रिडले ४ अंकको स्पष्ट अग्रता बनाएको छ ।

लिगको ३३ औं चरणको खेलमा रियलले छैटौं स्थानको गेटाफेमाथि १–० को कठिन जित निकाल्दै उपाधि होडमा बार्सिलोनासँग ४ अंकको अग्रता बनाएको हो ।

घरेलु मैदान अल्फ्रेडो डेस्टेफानोमा भएको खेलमा कप्तान रामोसले रियललाई जित दिलाए । खेलको अन्तिम समयतिर रामोसले पेनाल्टी गोल गर्दै रियललाई निर्णायक जित दिलाएका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलको ७९ औं मिनेटमा रियलले पेनाल्टी पाएको थियो ।
ड्यानीले बल लिएर अघि बढेको बेला बक्समा गेटाफेका खेलाडीले फाउल गरेर लडाएपछि रियलले पेनाल्टीको अवसर पाएको थियो । जसमा कप्तान रामोसले गल्ती नगरी बललाई जाली चुमाएपछि रियल १–० ले विजयी बन्यो ।

जितसँगै रियलले उपाधि होडमा महत्वपूर्ण ३ अंक बटुलेको छ । रियलले लिगका ३३ खेलबाट ७४ अंक जोडेको छ । समान ३३ खेल नै खेलेको बार्सिलोना ७० अंकसहित दोस्रो स्थानमा छ । बार्सिलोनालाई रियलले स्पष्ट ४ अंकले पछाडी पारेको छ ।

रियलले अंक अग्रता बढाउँदै लग्दा बार्सिलोनाको उपाधि होड संकटमा परेको छ । अब लिगमा अन्तिम ५ खेल बाँकी छन् । यी खेलमध्ये रियलले ३ खेल जित्दै १ खेल हारेर १ खेल बराबरी गरेपनि उपाधि जित्नेछ । बार्सिलोनाले भने बाँकी ५ मध्ये कुनै खेल हारे वा बराबरी गरे भनेपनि रियलले ला लिगाको उपाधि जित्नेछ ।

बार्सिलोनालाई भने उपाधि जित्नका लागि आफ्ना बाँकी ५ वटै खेल जित्नुका साथै रियलले २ खेल हार्नुपर्नेछ । ला लिगा अन्तर्गत शुक्रबारै भएको अन्य खेलमा ओसासुनाले आइबरलाई २–० ले तथा रियल सोसीडाडले ईस्पान्योललाई २–१ ले पराजित गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width