पोखरा । म्यानचेस्टर युनाइटेड, आर्सनल र चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शनिबार भएको खेलमा नर्विच सिटीलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युनाइटेड अन्तिम चारमा प्रवेश गरेको हो । नर्विचको मैदानमा निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा कप्तान ह्यारी मगायरले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए । खेलको ५१ औं मिनेटमा ओडन इघालोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, खेलको ७५ औं मिनेटमा तोड कान्टवेलले गोल गर्दै नर्विचलाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
आर्सनल पनि एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दोस्रो क्वाटरफाइनलमा सेफिल्ड युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्सनल अन्तिम चारमा पुगेको हो । आर्सनललाई जित दिलाउन निकोलस पेपे र ड्यानियल सेबालसले १÷१ गोल गरे ।
सेफिल्डका डाभिड म्याकगोल्ड्रिकले १ गोल फर्काए । खेलको २५ औं मिनेटमा निकोलसले पेनाल्टीमा गोल गर्दै आर्सनल टोलीलाई अग्रता दिलाएका थिए । तर, ८७ औं मिनेटमा डाभिडले गोल गर्दै सेफिल्डलाई १–१ गोलको बराबरीमा ल्याए ।
खेलको इन्जुरी समयमा ड्यानियलले गोल गर्दै आर्सनललाई २–१ को जित दिलाए । यससँगै आर्सनल एफए कपको सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ ।
चेल्सी पनि एफए कप फुटबलको अन्तिम चारमा प्रवेश गरेको छ ।
क्वाटरफाइनलमा लेष्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सी अन्तिम चारमा पुगेको हो । लेष्टरको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन रोस बार्कलीले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा बार्कलीले निर्णायक गोल गरेका थिए । यससँगै चेल्सी एफए कपको सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१