पोखरा । स्पेनिस ला लिगामा चौथो स्थानको सेभिया आफ्नै घरेलु मैदानमै रियल भाल्लाडोलिडसँग बराबरीमा रोकिएको छ ।
शुक्रबार राति भएको एक मात्र खेलमा घरेलु मैदानमा १ गोलले पछि परेको सेभियाले खेल सकिन ७ मिनेट बाँकी छदाँ बराबरी गरेको थियो । लुकास ओकम्पासको पेनाल्टी गोलमार्फत भालाडोल्लिडसँग सेभियाले अंक खोसेको हो ।
खेलको २५औं मिनेटमा किकोले गोल गर्दै भाल्लाडोलिडलाई पहिले अग्रता दिलाएका थिए । पहिलो हाफमा भाल्लाडोलिडले अग्रता कायमै राख्यो । ५५ औं मिनेटमा मुनियर अल हाड्डाईले सेभियाका लागि बराबरी गोल फर्काएपनि भिएआरले उक्त गोललाई मान्यता दिएन ।
खेलको ८३ औं मिनेटमा ओकम्पासले पेनाल्टीमा गोल गरेपछि सेभिया अंक खोस्न सफल भयो । बराबरीले सेभियाको तेस्रो स्थानमा पुग्ने अवसर गुमेको छ । ला लिगाको ३२ खेलबाट ५४ अंक जोडेको सेभिया चौथो स्थानमै यथावत छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिड ५५ अंकसहित तेस्रो स्थानमा छ । त्यस्तै, ३२ खेलबाट ३५ अंक जोडेको भाल्लाडोलिड १४औं स्थानमा छ ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१