कुमारी चर्चा नृत्य समापन

कविराज खनाल
असार ५, २०७७
IMG_20200619_095551

लेखनाथ, ५ असार । लेखनाथ नेवाः मिसा पुच लेखनाथ नेवाः खलद्वारा आयोजित तथा पोखरा वडा नंं ३० वडा कार्यालयको सहयोगमा नेवारी समुदायमा नाचिने कुमारी चर्चा नृत्य  तथा तालिम सम्पन्न भएको छ ।

कुमारी चर्चा नृत्य जेठ २३ गते देखि आषाढ ५ गतेसम्म संचालन भएको सो नृत्यमा लेखनाथ भित्रका करिब १६ जना कुमारीको सहभागितामा रहेको थियो । आँखाका डिलहुँदै कान्सिरीसम्म तनकाइएको निक्खर कालो गाजल, ललाटभरी पोतिएको रातो टीका जसको घेरामा देखिने मसिनो पहेँले रङ शिरमा सजाइएको कल्की आकारको आभुषण सुन चाँदीको आभुषण सहित सजिएका कुमारीहरुले नृत्य गर्दा सवैले एकाग्र भएर नृत्य हेरेका थिए । जनु नृत्यनेवारी समुदायमा हरेक कार्यक्रममा सवै भन्दा पहिला नाचिने नृत्य मानिन्छ ।

समापन कार्यक्रमका प्रमुख पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोख्रेलले कुमारी परम्परा पुरानो तर महत्वपूर्ण निवारी समुदायमा महत्वपूर्ण परम्परा हो र टोलको रक्षा र समृद्धिका लागि कुमारी नृत्य र कुमारी पुज्ने परम्परा हाल नेपालमा चलिआएको मानिन्छ । जसमा नेवारी समुदायले आफ्नो संस्कार र संस्कृतिको जगेर्ना गर्दा समाज सुधार हुने धारणा व्यक्त गर्दै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नु पर्ने सुझाव दिएका थिए ।

त्यसैगरी वडा नं. २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ्गले लोप भएको नृत्य जगेर्ना गर्नु अहिलेको आवश्यकता भएकोले यस्ता नृत्य हाम्रा पुस्तालाई हस्तान्तरण गर्दै गएमा समाजको विकास हुने कुरामा जोड दिएका थिए ।लेखनाथ मिसाः पुचका अध्यक्ष सरु श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ नेवाः खलका अध्यक्ष प्रेम लिगल, जिल्ला मिसाः पुचका अध्यक्ष मेनका श्रेष्ठ, लेखनाथ नेवाः खलका उपाध्यक्ष भैरब श्रेष्ठ, गणेश नेवाः खलका पूर्व अध्यक्ष क्या. होमवहादुर श्रेष्ठ, प्रशिक्षक मोनिता श्रेष्ठ, सहभागिका तर्फवाट विज्ञ श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।अघौं मिसाः पुचका अध्यक्ष मिना श्रेष्ठले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन लेखनाथ मिसः पुचका सचिव पवित्रा श्रेष्ठले गरेकी थिइन ।

Related News

सम्बन्धित समाचार

  • विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । विश्व हिन्दु महासंघ गण्डकीको दोस्रो अधिवेशनले कास्कीका मुक्तिराम अधिकारीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको कार्यकाल ३…
  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…

hero news full width