पोखरा, ३० जेठ । सरकारले लकडाउन खुकलो बनाएपछि मोबाइल एप रिचार्जरले आम प्रयोगकर्तालाई ५ रुपैयाँमा सर्जिकल मास्क उपलब्ध गराउने भएको छ ।
त्यसैगरी के एन ९५ मास्क एक सय रुपैयाँमा नै उपलब्ध गराउने रिचार्जरले जनाएको छ । समय र पैसाको बचत गराउँदै आफ्ना प्रयोगकर्तालाई रिचार्जरले सस्तो मूल्यमा कोभिड १९ का सुरक्षा उपकरणहरु उपलब्ध गराउन लागेको हो । जस अन्तर्गत पकेट स्यानिटाईजर १५० मा, इम्युनिटी बुस्टर डबल सी जुस सय रुपैयाँमा, पीपीई सेट ८५० रुपैयाँ र थर्मल गन २ हजार ४ सय रुपैयाँमा उपलब्ध हुने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।
बजारमा उल्लेखित मूल्यमा सामानहरु नपाइने भएकाले रिचार्जरले यस्तो अफर ल्याएको उनको भनाई छ । यसैगरी सेवाग्राहीले आफ्नो मोबाइलमा रिचारर्जर एप डाउनलोड गरी खाता खोल्दा एक हजार क्यास प्वाइन्ट पाउने छन् । यसरी प्राप्त हुने क्यास प्वाइन्ट रिडिम गरी सामान खरिद गर्दा २ देखि १० प्रतिशतसम्म छुट पाइने भने अफरको बेला शतप्रतिशत क्यास प्वाइन्ट रिडिम गरी सित्तैमा सामान किन्न सकिन्छ ।
रिचार्जरले घर, पसल, अफिस, बैंक तथा वित्तीय संस्था, होटल लगायत सबै क्षेत्रको लागि कोभिड प्रोटेक्टिभ प्रोडक्टको कम्बो प्याक समेत सस्तो मूल्यमा उपलब्ध गराउने जनाएको छ । ७ हजार ९९९ देखि सुरु हुने कम्बो प्याकमा सर्जिकल मास्क सय थान, पन्जा सय, फेश सिल ५, थर्मलगन एक र ५ सय मिलिलिटरको स्यानिटाइजर ३ वटा उपलब्ध हुनेछन् ।जतिको रिचार्ज गर्यो त्यति नै क्यास प्वाइन्ट पाइने रिचार्जरले बीमा, बिजुली, इन्टरनेट, टिभी लगायतका सेवाको महसुल भुक्तानी गर्दा पनि २० पनि प्रतिशत क्यास प्वाइन्ट दिन्छ । यसरी उपलब्ध हुने क्यास प्यान्टलाई सामान किन्दा छुटको रुपमा प्रयोग गर्न सकिन्छ ।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१