गण्डकीमा नयाँ २४ सहित १४४ संक्रमित

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७७
coronavirus

पोखरा, २७ जेठ गण्डकी प्रदेशमा मंगलबार २४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा कुल संक्रमित संख्या १ सय ४४ पुगेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमध्ये नवलपरारी (बर्दघाट सुस्ता पूर्व) का १२ जना, बागलुङ ११ र म्याग्दीका १ जना छन् । १८ देखि ४९ वर्ष उमेर समूहका उनीहरु सबै पुरुष हुन् । संक्रमित सबै जनालाई सम्बन्धित जिल्लाको अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ।

नवलपरारी (बर्दघाट सुस्ता पूर्व) का १२ जनामध्ये सबैजना बौदिकाली गाउँपालिकाका पुरुषहरु हुन् । बागलुङको बरेङ गाउँपालिकाका ८ जना र निसीखोला गाउँपालिकाका ३ जना छन् भने म्याग्दीको बेनी नगरपालिकाका १ जना रहेको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाए।

गण्डकीमा आइतबार एकैपटक सबैभन्दा बढी ३९ जनामा कोरोना संक्रमण भेटिएको थियो । प्रदेशमा आइतबार रातिमात्र स्याङ्जा वालिङका ५८ वर्षे पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । यसरी गण्डकीमा १ जना मृत्यु र ३ निको भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width