बुटवल, २६ जेठ । मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विरोध गर्दै सोमबार देशभर बिरोध गरिएको छ ।
एमसीसी सम्झौता राष्ट्रको हितविपरीत भएको भन्दै नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जागरण परिषद्, नेपाल लगायत विभिन्न दलले बुटवलमा पनि बिरोध गरेका छन् ।
संसद्बाट एमसीसी पास गराएर सरकारले नेपाल र नेपाली जनताको हितविपरीत नेपालमा अमेरिकी सेना भित्राउन लागेको भन्दै सरकारको विरोध गरेका छन् ।
नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य प्रेम सुवेदीले एमसीसीका कारण वैदेशिक हस्तक्षेप बढेको बताए । उनले एमसीसी खारेज गर्न सरकारविरुद्व सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा रुपन्देही अध्यक्ष बद्रे आलमले एमसीसी परियोजना संसद र सदनबाट फेल गराउनुको विकल्प नभएको बताए । एमसीसी लागू भए नेपाल अमेरिकी सेनाको सैन्य अखडा बन्ने उनको तर्क छ ।
उनले कालापानीबाट भारतीय सेना हटाउनु पर्ने बताउँदै कालापानी क्षेत्रको लिपुलेक लिम्पियाधुरा र भारतद्वारा ७१ ठाउँमा मिचिएको नेपाली भूमि फिर्ताका लागि अन्तर्राष्ट्रिय मुद्दा बनाउनु पर्ने बताए ।
एमसीसी लागू भए नेपाल अमेरिकी सेनाको सैन्य अखडा बन्ने उनको तर्क छ ।
नेपाल कम्युनिष्ट पार्टी मालेका स्थायी समिति सदस्य गोपालमणि गौतमले संसदबाट एमसीसी पास गराएर सरकारले नेपाली जनतालाई झुक्काउन लागेको बताए ।
नेकपा माओवादी केन्द्रका सचिव विनोद उपाध्यायले एमसीसी पास भए विदेशीले नेपालको भूमिलाई प्रयोगशालाको रुपमा प्रयोग गर्ने भएकाले एमसीसी फेल गराउन आन्दोलन आवश्यक रहेको बताए ।
राष्ट्रिय जागरण परिषद् नेपाल, रुपन्देही अध्यक्ष चित्रबहादुर केसीले एमसीसीको सम्झौताबाट अमेरिकन लगानी भित्राएर सरकारले नेपाली जनता नाममा व्यापार गर्न लागेको दाबी गरे ।
राष्ट्रिय जनमोर्चाका रुपन्देही सचिव टानबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रम मजीव ओलीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
चट्याङ लागेर एकजनाकोे मृत्यु
लालबहादुर चण्डेश्वरी संगीत पुरस्कार मीरा र ध्रुवेशचन्द्रलाई
hero news full width
मुख्य समाचार
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१