पोखरा, २६ जेठ । कोरोना भाइरस संक्रमणका कारण आइतबार राति पोखरामा ज्यान गुमाएका स्याङ्जाका ५८ वर्षीय पुरुषको झण्डै २० घण्टासम्म पनि व्यवस्थापन हुन सकेको छैन।
कोभिड–१९ बाट मृत्युवरण गर्नेहरुको शव कहाँ–कसरी व्यवस्थापन गर्ने भन्नेबारे कास्कीमा पूर्व तयारी हुन नसक्दा र स्थानीयको चर्को विरोधले समस्या उत्पन्न भएको हो ।
स्याङ्जा वालिङ वडा–३ घर भइ ४ दिनदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका ती पुरुषको आइतबार राति ११ बजेर २५ मिनेटमा मृत्यु भएको थियो ।
मणिपाल शिक्षण अस्पताल नजिक पर्ने पोखरा–११, सेती नदी किनार, रिठ्ठाघाटमा पोखरा महानगरपालिकाको जेसीबीले शव गाड्न खाल्डो खनिसके पनि पोखरा–११ र २० का वडावासीले चर्को विरोध गरेका छन् । उनीहरुको चर्को विरोधका कारण प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरी पोखरा २० का ५ जना र पोखरा ११ का ३ गरी ८ जनालाई गिरफ्तार गरेको स्थानीयको भनाइ छ ।
सेती किनार रामघाटमा अन्त्येष्टि गर्नुपर्नेमा आफूहरुको छिमेकमा आएर गर्न लागिएको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।
पोखरा–११ का वडाध्यक्ष मोहन बास्तोलाले भने, ‘यहाँ गाड्न पाइँदैन भनी हामीहरुले विरोध गरेका छौं । महानगरले अन्यत्र लगेर व्यवस्थापन गरोस् ।’ शव गाड्नका लागि खाल्डो खनिएको स्थान भलामबासीले विगतदेखि नै अन्त्येष्टि गर्दैआएको स्थान हो ।
स्याङ्जा वालिङ– ३ का ती पुरुषको मृत्युपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्राडा अर्जुन आचार्यले गएराति नै सरोकारवाला पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुलाई खबर गरेको बताए । यद्यपि लामो समयसम्म शव अस्पतालमा राखिँदा त्यहाँ उपचार गराइरहेका बिरामीमा भय सिर्जना भएको उनको भनाइ छ ।
कोरोना संक्रमितको शव व्यवस्थापन समिति संयोजकसमेत रहेका कास्कीका प्रजिअ यज्ञप्रसाद ढकालले सोमबार बिहान हरियो खर्क अस्पताल नजिक गाडिने भने पनि स्थानीयको विरोधपछि खाल्डो खन्न गएको महानगरको जेसीबी पनि फर्किएको थियो । स्थानीयले शव गाड्दा संक्रमण फैलिन सक्ने भन्दै विरोध गरेका हुन् । पछि ठाउँ खोज्दै जाँदा सेती किनार रिठ्ठाघाटमा महानगर टोली पुगेको हो ।
नेपाली सेनाको टोली पटक पटकसम्म अस्पताल पुगेकोमा व्यवस्थापनको टुंगो नलाग्दा फर्किएको थियो ।
उता, शव उठाउन नेपाली सेनाको टोली २ पटकसम्म अस्पताल पुगेकोमा व्यवस्थापनको टुंगो नलाग्दा फर्किएको थियो । पोखरा महानगरले लोकेसन पहिचान टुंगो लगाउन नसक्नु र स्थानीयको विरोध हुँदा कहाँ लगेर गाड्ने भन्नेबारे दिनभरजसो अन्यौल सिर्जना हुन गएको छ ।
भारतबाट वालिङ फर्केका ती पुरुषलाई वालिङमा क्वारेन्टाइनमा राखिएकोमा स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्टै २२ जेठमा पोखरामा उपचारार्थ ल्याइएको थियो ।उनकी छोरीसमेत गण्डकी मेडिकल कलेजमा नर्स रहेकोले छोरीको जोडबलमा पोखरा ल्याइएको पारिवारिक सूत्रले जनाएको छ ।
सुरुवातमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रि–आइसोलेसन बार्डमा राखिएकोमा २५ जेठमा कोरोना पुष्टि भएपछि आइसोलेसनमा राखिएकोमा आइतबार राति निधन भएको हो । उनको उपचारक्रममा कोरोना पुष्टि नहुञ्जेलसम्म आमा र छोरी पनि प्रत्यक्ष सम्पर्कमा थिए । उनीहरुलाई भने पोखरामा क्वारेन्टाइनमा राखिएको छ ।
मृत्यु भएका ती पुरुषमा किड्नी, मधुमेहलगायत रोगबाट ग्रसित रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले प्रेषित गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले मृत्यु भएका पुरुषको सम्पर्कमा आएका चिकित्सक, परिवार सदस्य एवं अन्य सबैको टे«सिङ गरी चाँडै स्वाब परीक्षण गरिने बताउँछन् ।
गण्डकीमा कोरोनाबाट मृत्यु हुने पहिलो घटना हो । योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु १४ पुगेको छ ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१