जुनबाट इटालियन सिरी ‘ए’ सुरू गर्ने तयारी

आदर्श समाज सम्वाददाता
जेठ १२, २०७७
Italian SIRI A

पोखरा । आगामी जुनबाट इटालियन सिरी ‘ए’ का खेलहरूसुरू गर्ने तयारी भएको छ ।

कोरोना भाइरसको महामारीले स्थगित सिरी ‘ए’ फुटबल जुनबाट सुरू गर्ने तयारी भइरहेको इटालीका खेलकुद मन्त्री भिन्सेन्जो स्पाडाफोराले बताएका हुन् ।

मन्त्री भिन्सेन्जोका अनुसार लिग सुरू हुने सम्भावित मिति जुन १३ वा २० हुनेछ ।

यसबारे आधिकारिक निर्णय विहिबार हुने मन्त्री भिन्सेन्जोले जानकारी दिए ।

कोरोना भाइरसको महामारी फैलिएपछि गत मार्चमा सिरि ‘ए’ फुटबल स्थगित गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width