गण्डकी प्रदेशको बजेट अधिवेशन शुरु

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७७
20200524_140625

पोखरा । गण्डकी प्रदेशको बजेट अधिवेशन आइतबार (आज) देखि सुरु भएको छ । आइतबारदेखि सुरु भएको अधिवेशनमा सरकारका नीति तथा कार्यक्रम र बजेट सहित विभिन्न विधेयकहरुमाथि छलफल हुने छन् । असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने भएकोले तयारीस्वरुप अधिवेशन सुरु भएको हो ।

संसद् र सचिवालयमा ९ वटा विधेयक छ । ४ वटा नयाँ दर्ता गरिएको छ भने ३ वटा विधायन समितिमा छलफलकै क्रममा छ । २ वटा विधेयक विधायन समितिबाट पास भएर संसद्मा ‘टेवुल’ भैसकेको छ । छैठौं अधिवेशनमा बजेट र नीति तथा कार्यक्रमसँगै केही विधेयक पनि पास हुनेछन्।

प्रदेशसभा सचिवालयसम्बन्धी विधेयक र वातावरण संरक्षणसम्बन्धी विधेयक सदनमा छ भने गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना र सञ्चालन विधेयक, गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान स्थापना र सञ्चालन विधेयक र गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना र सञ्चालन गर्न बनेको विधेयक सदनमा सामान्य छलफलपछि विधायन समितिमा पठाइएकोमा उतै थन्किएको छ ।

प्रदेश विकास समिति, गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यको सुविधासम्बन्धी विधेयक र प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक नयाँ दर्ता भएको छ । अधिवेसनलाइ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्बोधन गरिरहेका छन् । उनले बिशेषगरी कोरोना भाइरसको बारेमा बोलेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width