भारतबाट आएका १६ नेपालीलाई चलचित्र पत्रकार संघले खुवायाे खाना

विनिता सुनार
जेठ १०, २०७७
2

भारतबाट आएका बाग्लुङका १६ जनालाई चलचित्र पत्रकार संघ कास्कीले शनिबार निशुल्क खाना खुवाएको छ ।

दुई दिनदेखि भोकै रहेका उनीहरुलाई पोखरा नेपाल युके फाउन्डेशन सहयोगमा खाना, जुस, पानी, चाउचाउ उपलब्ध गराएको संघ कास्की अध्यक्ष अरुण गिरीले जानकारी दिए ।

संघ कास्कीका पूर्वसचिव सुशन घिमिरेले भारतबाट १६ जना नेपाली बाग्लुङ जान लागेको र उनीहरु दुई दिनदेखि भोकै रहेको जानकारी दिएसँगै संघले पाेखरा-१, सिम्पानी पुगी खानाको व्यवस्था गरिएको हो ।

‘चार दिन लगाएर हामी भारतको हरिद्वारबाट नेपाल प्रवेश गरेका हौ । बाटोमा पैसा तिरेर खान समेत पाइएन । यस्तो सहयोग त कुरै छाडौ । दुईदिनको भोको पेटलाई पोखरा आएर भर्न पाउँदा निकै राहत मिलेको छ’ भारतबाट आएका एक नेपालीले भने ।

अध्यक्ष गिरीले उनीहरुलाई बाग्लुङ पुगेर क्वारेन्टाइनमा बस्न र सरकारले जारी गरेको लकडाउनको पूर्ण पालना गर्न सुझाएका छन् ।

यस्तै महामारीका बेला आपतमा परेका विपन्नलाई संघले घरमै पुगेर राहत उपलब्ध गराउने समेत बताए । ‘हामी मनोरञ्जनका कार्यक्रम मात्रै गर्दैनौ, सामाजिक सेवा समेत हाम्रो दायित्व भित्र पर्छ,’ उनले भने ।

संघले यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीलाई समेत सेनिटाइजर सहयोग गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width