भीमदत्तनगर, ९ जेठ । कञ्चनपुरको नाका हुँदै भारतबाट भित्रिएका नेपालीको कोरोना सङ्क्रमण परीक्षण नगरी बिहीबार सम्बन्धित पालिका पठाइएको छ । परीक्षण विनानै उनीहरूलाई नेपाल प्रवेश गराउँदा कोरोना सङ्क्रमणको जोखिम बढेको छ ।
दुई दिनसम्म भारतबाट यहाँको नाका हुँदै भित्रिएका नागरिकलाई भीमदत्तनगरस्थित बैजनाथ इन्जिनीयरिङ कलेजको क्वारेन्टिनमा राखेर कोरोना सङ्क्रमण परीक्षणपछि मात्रै सम्बन्धित पालिकाको जिम्मा लगाउने गरिएको थियो । सीमामा अलपत्र यात्रुको चाप बढेसँगै यहाँको क्वारेन्टिनमा जम्मा गरेर स्वास्थ्य परीक्षण नै नगरी ४२९ जनालाई सम्बन्धित पालिकामा पठाइएको छ । सम्बन्धित पालिकासितको समन्वय हुन नसक्दा १७ जना भने क्वारेन्टिनमै छन् । प्रहरीले बुधबार पनि ४०० भन्दा बढी नागरिकलाई यहाँबाट पठाएको थियो । वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रमुख प्रहरी निरीक्षक मोहनजङ्ग बुढथापाले भारतबाट आएका गोरखा, काठमाडौँ, सिन्धुपाल्चोक, रामेछाप र दैलेखलगायत जिल्लाका नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टिनमा बस्ने गरी पठाइएको जानकारी दिए ।
कोभिड–१९ कञ्चनपुरका सम्पर्क व्यक्ति सिद्धराज भट्टले जनशक्ति अभाव र आरडिटी परीक्षणका लागि किटको समेत अभाव रहेको बताए । “पालिका र जिल्लामा गरी आरडिटी गर्न हामीसित ४०० थानमात्रै किट मौज्दात छ”, उनले भने । “हामीसित जनशक्ति छैन, सीमाबाट सुरक्षा निकायले ल्याउँछन्, परीक्षण गर्न आग्रह गरेर मात्रै गर्ने गरिएको छ ।” उनले भारतबाट आउने नेपालीलाई बिहीबारसम्म आरडिटी जाँचपछि मात्रै सम्बन्धित पालिकामा पठाउने काम भएको बताए । “हिजोमात्रै हामीले १३९ जनाको आरडिटी जाँच गरेका थियौँ”, उनले भने । “अहिलेसम्म कञ्चनपुरमा दुई हजार ६९७ जनाको आरडिटी परीक्षण गरिएको छ ।”
कोरोना परीक्षण नगरी भारतबाट आएका नागरिकलाई पठाउँदा कोरोनाको सङ्क्रमण जोखिम बढेको छ । सुदूरपश्चिमको प्रमुख नाका गड्डाचौकी र दोधारा चाँदनीदेखि ब्रह्मदेव क्षेत्रबाट अवैधरुपमा भित्रिने क्रम बढेको हो । दशगजामा अलपत्र अवस्थामा रहेका नेपालीलाई दोधारा चाँदनीको महाकाली नगरपालिकाले खानपिनको व्यवस्थासमेत गर्दै आएको छ । केही समययता सुदूरपश्चिम नाकाबाट भारतबाट घर फर्किनेको क्रम ह्वात्तै बढेको छ । यसअघि गत चैतमा सुदूरपश्चिममा भारतबाट मात्रै एक लाख ४३ हजार नागरिक घर फर्किएका थिए ।
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले पालिकाले आफँै आरडिटीलगायतका स्वास्थ्य परीक्षण आफैँ गर्छौं भनेपछि यहाँ आउनासाथ सम्बन्धित ठाउँ पठाउन थालिएको बताए । “भारतबाट आएकालाई पठाउन सुरक्षा निकायले आवश्यक समन्वय र फिल्डमा काम गरिरहेको छ”, उनले भने, “सिमावर्ती भारतीय बजारमा नेपाली आउने क्रम बढिरहेको जानकारी प्राप्त भएको छ ।”
कञ्चनपुरमा हालसम्म ४६७ जनाको पिसिआर परीक्षण लिइएकामा बेदकोट नगरपालिकाका एक युवकमा कोरोना सङ्क्रमण भेटिएको थियो । सङ्क्रमित युवक उपचारपछि निको भएर घर फर्किसकेका छन् । बिहीबारसम्म यहाँका ३२ स्थानमा रहेको क्वारेन्टिनमा ५०३ जना बसिरहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । भारतबाट नेपाली फर्कने क्रम बढेपछि स्थानीय तहले क्वारेन्टिनको सङ्ख्या पनि बढाउँदै लगेका छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
पोखरामा १४ मजदुर सम्मानित
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१