म्याग्दी ८ जेठ । म्याग्दीको बेनी नगरपालिका–६ छापकी एक युवतीमा स्क्रव टाइफस संक्रमण पुष्टि भएको छ ।
बुधबार बेनी अस्पतालमा उपचार गराउन आएकी १८ वर्षीया युवतीमा स्क्रव टाइफस पोजेटिभ देखिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । उनका अनुसार बेनी नगरपालिका–६ छापबाट उपचारका लागि बेनी अस्पताल आएकी ती युवतीमा चेक गर्दा १०३ डिग्री फ. ज्वरो देखिएको ,टाउको दुख्ने लगायत लक्षण देखा परेको थियो । संक्रमित विरामीलाई अस्पतामा भर्ना गरिएको छ ।
योसंगै म्याग्दीमा स्क्रव टाइफसका विरामीको संख्या ३ पुगेको छ । यसअघि पुस १७ गते बेनी नगरपालिका–९ गलेश्वरकी ६६ वर्षीया महिला र बैशाख ९ गते जिल्लाको मंगला गाउँपालिका–५ अर्मनका १७ वर्षीय पुरुषमा स्क्रव टाइफस र डेङ्गु पोजेटिभ देखिएको थियो ।स्क्रव टाइफस मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट)को टोकाईबाट मानिसमा सर्ने अस्पतालका मेडिकल सुपरी टेण्डेन्ट डा.अमृत अधिकारीले बताए । यसलाई सामान्य बोलिचालीको भाषामा भुसुना पनि भन्ने गरिन्छ । उनका अनुसार यो रोग माइटमा पाइने Orentia Tsutsugamushi भन्ने जीवाणुबाट लाग्दछ ।
स्क्रव टाइफस संक्रमित विरामीमा धेरै ज्वरो आउने ,धेरै टाउको दुख्ने ,पसिना आउने, झाडापखाला लाग्ने लगायत जस्ता लक्षण देखिने गर्दछ । माइट प्रायःजसो झाडी ,खेतबारी ,वन, जंगल तथा बढी फोहोर हुने ठाउँमा देखिने भएकाले खेतबारीमा काम गर्न जादा पुरा शरिर ढाक्ने कपडा लगाउने ,सरसरफाइमा विशेष ध्यान दिन , सकेसम्म घाँसबारी र चउरमा नबस्न तथा मुसा नियन्त्रणका लागी उपयुक्त किसिमले अन्न भण्डार नगर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सृजना गर्ने डा. अधिकारीको सुझाव छ ।
विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसको त्रास बढिरहेको समयमा म्याग्दीमा भने डेङ्गु र स्क्रव टाइफस रोगका विरामी बढ्ढै गएपछि म्याग्दीवासी थप त्रसित बनेका छन् । डेङ्गु र स्क्रव टाइफस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहको अगुवाइमा म्याग्दीमा सचेतनामुलक कार्यक्रम सहित विभिन्न कार्यक्रमहरु चलाइएको छ ।
Related News
सम्बन्धित समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
hero news full width
मुख्य समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१