१. कोरोना भाइरसका कारण देशमा लकडाउन भएको पहिलो महिना चैतमा अपराधका घटना कम देखिए पनि दोश्रो महिनामा बढेको छ । देशका विभिन्न भागमा अपराधहरु भइरहेका छन् । लकडाउनकै बीच लुटपाट, चोरी, महिला हिंसा तथा हत्याका घटनाहरु भएका हुन् ।
२. पोखरा–२७ सुन्दरी बजारका २२ वर्षिय सुरेश विकको गाडिएको अवस्थामा रहेको शव प्रहरीले उत्खनन गरी निकालेको छ । शनिबार साँझ साथीको घरमा जान्छु भनी हिडेका विकको मंगलबार शव अर्घाैंमा माछापोखरीको डिलमा गाडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुइजना युवालाई पक्राउ गरेको छ ।
३. यस अघि जेठ ३ गते पोखरा–१४, मा पनि प्रहरीले २२ वर्षिय विमल रानाभाटको शव फेला पारेको थियो । आफ्नै साथीले घनले हानेर हत्या गरी बारीमा शव गाडेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । हत्यामा संलग्नहरुलाई पक्राउ गरी अदालतमा पेश भइसकेको छ ।
४. लकडाउनको वेला ठाउँठाउँमा जुवातास रक्सी सेवन आदिबाट पनि अपराधिक घटनाहरु हुने गरेको पाइएको छ । वेरोजगारका कारण पनि अपराध बढेको हुनसक्छ । खालि दिमागमा भूतको वास हुन्छ भन्ने उक्ति छ ।
५. खालि समयलाई मानिसले सिर्जनात्मक काममा लगाउनु पर्दछ । यसवेला घरभित्र र वाहिर पनि गर्नुपर्ने धेरै काम हुन सक्छन् । कुनै कृतिको अध्ययन तथा कुनै कार्यहरुवारे घरभित्रै सम्वाद पनि गर्न सकिन्छ । सकारात्मक सोचले रचानात्मक कार्य हुन सक्छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१