मिचिएको भूमिसहित सरकारले पारित गर्‍यो नेपालको नयाँ नक्सा

आदर्श समाज सम्वाददाता
जेठ ५, २०७७
map

नेपाल सरकारले भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ७ सय ५३ वटै स्थानीय निकायसँगै भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा पारित गरेको हो । नक्सामा कालापानी, गुञ्जी, नाबी, लिम्पियाधुरासहितका भूमि समेटिएका छन् ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीसहित प्राविधिक टोलीले तयार पारेको नक्सा मन्त्रिपरिषद् बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पेश गरेकी थिइन् ।

सरकारले जेठ २ गते संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मिचिएका नेपाली भूभागसहितको नेपालको नक्सा सार्वजनिक गर्ने विषय उल्लेख थियो।

संसद्को अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समिति र राज्य व्यवस्था समितिले यसअघि नै सबै नेपाली भूभाग समेटेको नयाँ नक्सा जारी गर्न पटकपटक निर्देशन दिएका थिए। यसअघि भारतले नेपालको लिपुलेक जोडेर चीनको मानसरोबर जाने सडक बनाएको भन्दै तीव्र आलोचना हुँदै आएको थियो । नेपाल सरकारले भारतको सो कार्यको आपत्ति जनाएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width