स्याङजा । तरुण दल स्याङजाले जिल्लाको ४ वटा चोकमा हातधुने मेसिन सहितको टंकी राखेकाे छ । कोरोना भाइरस संक्रमणलाई न्यूनीकरणमा सहयोग गर्ने उद्देश्यले मुख्य बजारमा खुट्टाले थिचेर हात धुने (अटोमेटिक फुट अपरेटेड ह्याण्ड वास ) ४ वटा मेसिन जडित टंकी राखिएको हो ।
जसमा हातको प्रयोग नगरी दुई खुट्टाको सहायताले पानी र साबुन आउनेगरी मेसिन जडान गरिएका छन् । सिद्धार्थ राजमार्ग अन्र्तगत स्याङजा खण्डका मुख्य बजारमा नेपाल तरुण दल स्याङजाले मेसिन राखेको हो । सदरमुकाम एवं पुतलीबजार नगरपालिकाको मुख्यबजारको सहिदचोक, भीरकोट नगरपालिकाको बयरघारी बजारमा, वालिङ नगरपालिकाको वालिङ मोडमा र गल्याङ नगरपालिकाको गल्याङ बजारमा ती मेशिन राखिएका हुन ।
स्ट्याण्ड सहितको पानी टंकी, वेसिन, साबुन, पानीको सहित ब्यवस्था मिलाएर र स्थानीय नागरिकले नै संरक्षण गर्नेगरी बजारका मुख्य/मुख्य चोकमा राखिएको तरुण दलका जिल्ला सभापति भागवतप्रकाश मल्लले जानकारी दिए । तरुण दल जिल्ला कार्य समिति, नगर समिति र क्षेत्रीय समितिको सहयोगमा खुट्टाद्वारा स्वचालित मेसिन राखिएको हो । झण्डै एक लाख खर्च गरेर तरुण युवाको सक्रियतामा मेसिन राखिएको हो । मुख्य बजार राखिएकाले पैदलयात्री, मजदूर तथा सर्वसाधारण लगायत कार्यालयमा आउने सेवाग्राही समेत लाभान्वित भएका छन् ।
मेसिनको दुईतर्फ खुट्टाले थिच्दा पानी र साबुन पाउछ । जो सुकैले पनि यसको सजिलै प्रयोग सक्नेगरी इन्जिनियर अनुप श्रेष्ठले तयार पारेका हुन । जिल्लामै उपलब्ध स्रोत र साधनको प्रयोगगरी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुपकै तयार पारिएको इन्जिनियर श्रेष्ठले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा १४ मजदुर सम्मानित
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
मर्दीखोला प्रतिष्ठानद्वारा शैक्षिक सामग्री र छात्रवृत्ति वितरण
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
पोखरा ७ स्तरीय वृहत दौड प्रतियोगिता
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१