पोखरा, ४ जेठ । विश्वभर कोरोना भाइरस फैलिएको छ, तीन लाख भन्दा वढीको ज्यान समेत गइसकेको छ, नेपालमा समेत कोरोनाबाट एक महिलाले ज्यान गुमाएकी छन्, यतिवेला शहरमा पेशा व्यवसाय तथा जागिरेहरु आफ्नै गाउँमा गएर बसेका छन्, गाउँमा युवाहरुको चहलपहल वढेको छ ।
यसै सिलसिलामा पोखरा शहरको काठमा रहेको गाउँ पोखरा–१३ आर्वाका युवाले यतिवेला गाउँका सडक, पानीका कुवा, पँधेरा र सडकका झाडीहरु फँड्न व्यस्त छन् । उनीहरुले गाउँमा सक्रिय बन्दै सामाजिक कार्यमा मात्र जुटेका छैनन् वषौदेखि वाझो रहेका जग्गामा खाद्यान्न तथा तरकारी उत्पादनमा जुटेका छन् ।
यसैक्रममा मोहरपानी आदर्श टोल विकास संस्थाको सक्रियतामा गाउँका युवाले शनिबार गाउँमा पुराना पँधेरा र बाटोमा फैलिएको झाडीहरु फाड्नुको साथै पँधेरा सफा गरेका छन् । उनीहरुले आइतवार विहान कुलायन मार्ग अन्तरगत सडकको बाँझावारी र अधेरी डर स्थित सडक मर्मत तथा सफाइ गरेका छन् ।
संस्थाका अध्यक्ष श्रीराम सिग्देल, सचिव शिवराज बराल, रामजी सिग्देल, बसन्त अधिकारी अगुवाइमा तीन दर्जन युवा सडक मर्मतमा जुटेका थिए । साथै शुक्रवार टोलमै रक्तदान कार्यक्रम गरी ६९ युनिट रगत समेत संकलन भएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१