पोखरामा आफ्नै साथीलाई घनले हानेर हत्या, गाडिएको शव प्रहरीले निकाल्यो

आदर्श समाज सम्वाददाता
जेठ ३, २०७७
crime scene tape of  mysterious case in cenematic tone with copy space

पोखरा महानगरपालिका वडा–१४ निवासी २२ वर्षीय बिमल रानाभाट एक महिनादेखि बेपत्ता थिए । उनी घरपरिवारको सम्पर्कमा थिएनन् । परिवारका सदस्यले पनि आफन्त, साथीभाइ लगायत उनी जान सक्ने स्थान जताततै खोजीनीति गरे । तर कहीँ कतै पत्ता लागेन ।

कास्की प्रहरीले भने तिनै रानाभाटको शव घर पछाडिको बारीको डिलमा गाडिएको अवस्थामा शनिबार निकाल्यो । साथै प्रहरीले सो कत्र्तव्य ज्यान मुद्दाको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई पक्राउ गरेको छ ।

तीमध्ये मुख्य अभियुक्त भनिएका पोखरा १४, समिनताराका २१ वर्षीय ज्ञानबहादुर परियार मृतक रानाभाटकै साथी हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नरहरि अधिकारीले सो घटनामा संलग्न रहेको अभियोगमा परियारसहित स्थानीय १८ वर्षीय सञ्जय दर्जी, १८ वर्षीय कुमार परियार र बागलुङ गल्कोट घर भइ हाल पोखरा समिनतारा बस्ने वर्ष १९ का सागर परियारलाई नियन्त्रण लिएको जानकारी दिए ।

ती चारै जना युवकहरुको प्रारम्भिक बयान आधारमा प्रहरीले शनिबार बिहान ८ बजे मृतक रानाभाटको घर पछाडि बारीको डिलमा गाडिएको अवस्थामा शव निकालेको हो । शव भने सडेगलेको अवस्थामा रहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।

उनले भने, अर्को एक घटना अनुसन्धान गर्ने क्रममा हामीहरु सो हत्याकाण्ड घटनाको नजिक पुगेका हौं । सूचना आधारमा तत्कालै शुक्रबार साँझ सोही स्थानबाट चारै जनालाई नियन्त्रण लिई प्रारम्भिक अनुसन्धान थालिएको थियो । आफ्नै साथीलाई घनले हानेर मारी गाडेको भन्ने स्वीकारेपछि बयान आधारमा शव निकाल्न सकिएको हो ।’ शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो ।

प्रहरी सूत्रका अनुसार मुख्य अभियुक्त परियारले आफ्नी श्रीमती र रानाभाटबीच अनैतिक सम्बन्ध रहेको आशंकामा एक महिनाअघि उनकै कोठामा घनले हानी हत्या गरेका थिए । हत्याकाण्ड लुकाउन उनले अन्य ३ जना साथीको सहयोगमा शव गाडेको बुझिएको छ ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

Related News

सम्बन्धित समाचार

hero news full width