कोरोना संक्रमित ९ जना थपिए, २५८ पुग्यो

प्रकाश ढकाल
जेठ २, २०७७
covid 19 corona banner

पोखरा । नेपालमा थप ९ जना कोरोना संक्रमित भेटिएका छन्।

शुक्रबार विहान बाँके र मकवानपुरमा संक्रमित भेटिएका हुन् । बाँकेमा ८ जना र मकवानपुरमा १ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार संक्रमितहरु बाँके नैनापुर १, ३ र ५ का १८, २०, २५, २७, ३२ र ३६ वर्षीय पुरुषहरु तथा मकवानपुरका ३७ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको हो । योसँगै हालसम्म संक्रमितको संख्या २ सय ५८ पुगेको छ।

गण्डकीमा पनि हालसम्म ३ जना पुष्टी भएका छन् । २ जना उपचारपछि घर फर्किएका छन् भने एकजनाको उपचार भैरहेको छ । उनको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width