कोरोना संक्रमितको संख्या २४३ पुग्यो, बुधबार थपिए २४

आदर्श समाज संवाददाता
वैशाख ३१, २०७७
pree

नेपालमा दिनप्रतिदिन कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको छ ।

बुधबार मात्र २४ जना नयाँ संक्रमित फेला परेका छन् ।

योसँगै नेपालमा कुल २ सय ४३ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । थपिएका २४ मध्ये ४ महिला हुन् ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो ।

बुधबार दिउँसो नै १ जना बाँके र अर्का रुपन्देहीका १ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width