प्याराग्लाईडिङ ल्याण्डिङ साईटका मजदुरलाई राहत वितरण

एजेन्सी
वैशाख २४, २०७७
IMG20200506102235

पोखरा । प्याराग्लाईडिङ व्यवसायीहरुको छाता संगठन नेपाल हवाई खेलकुद संघ (ना) तथा कर्मफ्लाईट्स फाउण्डेशन नेपाल पोखरा–६ को संयुक्त प्रयास एवं पोखरा १८ वडा कार्यालयको संयोजनमा खेलसंग आवद्ध ५८ जना मजदुरहरुलाई राहत वितरण गरिएको छ।

वितरण गरिएको राहत प्याकेजमा चामल ३० केजी, १ केजी नुन, १ केजी दाल, तेल, साबुन र सेनीटरी प्याड गरि प्रतिव्यक्ति १९ सय बराबरको रहेको नाका तर्फबाट कार्यक्रम संयोजक माधव तिवारीले वताए । सो अवसरमा ५८ जनालाई एक लाख ११ हजार चार सय २८ रुपैया वराबरको राहत वितरण गरिएको जानकारी गराईएको छ।

सो अवसरमा प्याराग्लाइडिङ टेक अफ र ल्याण्डिङ साईटमा प्याकिङको काम गरेर जिविकोपार्जन गर्ने मजदुरलाई लक्षित गरेर पोखरा १८ को खपौंदीका ३१ जना र सराङकोटका २८ जना मजदुरलाई सोही स्थानमा लगेर राहत वितरण गरिएको नेपाल हवाई खेलकुद संघ (ना) का अध्यक्ष कृष्ण प्रसाद अधिकारीले वताए ।
सो कार्यक्रममा पोखरा १८ का वडा अध्यक्ष रणबहादुर थापा, नाका पदाधिकारीहरु, कर्मफ्लाईट्सका अध्यक्ष भुपालसिंह गुरुङ, प्रेम कुँवर तथा सदस्यहरु लगाएत बुद्धिजिवीहरुको विशेष उपस्थिती रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै