बागलुङ, २३ वैशाख । हामी सेवा गर्छाैं भन्ने उदेश्यले गठित अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ धौलागिरी बागलुङको लायन बर्ष २०२०/२१ का लागि अध्यक्षमा जयराम भारी चयन भएका छन् ।
धौलागिरि अन्चलकै सबैभन्दा पुरानो लायन्स क्लबमा लायन बर्ष २०२०/२०२१ को लागि सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष राजन कुमार शाक्यले बताए । क्लबको प्रथम उपाध्यक्ष लायन ताल बहादुर कुँवर द्वितीय उपाध्यक्ष लायन मुकेशचन्द्र राजभण्डारी तृतीय उपाध्यक्ष लायन गणेश महतो सचिव लायन राजेश भारी कोषाध्यक्ष लायन शिव शंकर शाह सह–कोषाध्यक्षमा लायन केशब सुवेदीलाई बैठकले चयन गरेको अध्यक्ष शाक्यले बताए ।
कोरोना भाइरस कोभिड १९ लाई लक्षित गरी देशमा लकडाउन भएको कारणले लायन्स क्लबको नयाँ नेतृत्व चयन निर्वाचन प्रक्रिया समेत प्रभावित बनेको कारणले ढिलो हुन पुगेको क्लबले जनाएको छ । बागलुङ जिल्लामा सामाजिक सेवाको क्षेत्रमा काम गर्नका लागि अहिले ८ वटा लायन्स क्लब क्रियाशील छन् ।
Related News
सम्बन्धित समाचार
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल
hero news full width
मुख्य समाचार
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१