६ महिना होटल बन्द, कर्मचारीले १२ प्रतिशत मात्रै तलब पाउने

एजेन्सी
वैशाख २२, २०७७
hotel-shanker-garden-view

काठमाडौं,२२ वैशाख । होटल संघ नेपालले वैशाख १ गतेदेखि ६ महिनाका लागि होटल बन्द गर्ने निर्णय गरको हो । आइतबार संघकी अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९का कारण उत्पन्न समस्या देखाउदै असोज महिनाको अन्त्यसम्म होटल बन्द गर्ने निर्णय गरेको हो ।

एक सात अघि बसेको मन्त्रिपरिषद बैठकले होटलमा कार्यरत मजदुरको लकडाउन अवधिभरिको तलबमध्ये ५० प्रतिशत रकम तुरुन्तै भुक्तानी गर्न निर्देशन दिएको र बाँकी ५० प्रतिशतका लागि बैंकबाट सहुलियत ब्याजदरमा ऋण लिन सक्ने निर्णय गरेको थियो ।मीनजत्रपरिषद्को निर्णय लगत्तै संघले कर्मचारीलाई ६ महिनासमम्म आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकम मात्रै दिने निर्णय गरेको छ ।

कर्मचारीले आधारभूत तलबको १२ प्रतिशत लिन नमाने जागिरबाट निकाल्ने समेत चेताबनी दिएका छन् । संघले आफ्नो निर्णयमा असहमत हुने कर्मचारीलाई श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कटौतिको प्रक्रिया थाल्दै सूचना दिएर आंशिक वा पूर्ण रुपमा कर्मचारी कटौती गरिने निर्णय समेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width