ब्रिटिस क्याम्पद्धारा पोखरा महानगरलाई स्वास्थ्य सामाग्री प्रदान

एजेन्सी
वैशाख १७, २०७७
gorkha

पोखरा १७ बैशाख । नेपाल ब्रिटिस गोर्खा क्याम्प पोखराले पोखरा महानगरपालिकालाई कोरोना संक्रमण रोकथाममा प्रयोग हुने स्वास्थ्य सामाग्री सहयोग गरेको छ । ब्रिटिस क्याम्पले महानगरलाई ६ सय पीस मास्र्क, २ सय पीस सावुन, २ सय पिस सेनिटाइजर, ९० पीस गमबुट, ९० पीस पञ्जा सहयोग गरेको हो ।

ब्रिटिस क्याम्पका कार्यक्रम निर्देशक दीपककुमार श्रेष्ठ, इन्जिनियर दान जिरेल, समाजिक विभाग प्रमुख रोहित लिम्बुले पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गरे ।

सामग्री बुझदै उपप्रमुख गुरुङले कोरोना भाइरससंग लडने हतियार उपलब्ध गराएर सहयोग गरेकोमा धन्यबाद ब्यक्त गरिन् । उनले पोखरा महानगरले कोरोना संक्रमण नियन्त्रणका लागि सवै उपाय अपनाएको बताउदै सबैको सहयोग र साथ आवश्यक रहेको बताइन् । महानगर एक्लैको प्रयासले मात्रै कोरोना संकटमा विजयी प्राप्त गर्न नसकिने बताउदै सवै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उपप्रमुख गुरुङले बताइन् ।

ब्रिटिस क्याम्पका कार्यक्रम निर्देशक दीपककुमार श्रेष्ठले संकटमा हाम्रो पनि साथ छ भन्ने उद्देश्यले सहयोग गरेको बताउदै आवश्यकताका आधार थप सहयोग गराउन सकिने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width