पोखरा, १६ वैशाख । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । राहत कोषमा हालसम्म ४ करोड १० लाख जम्मा भएको छ ।
मंगलबार टान क्षेत्रीय संघ पोखराले महानगरपालिकाको राहत कोषमा ५० हजार सहयोग गरेको छ । टानका अध्यक्ष हरि भुजेलको नेतृत्वमा टोलीले महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
त्यसैगरी संघीय संसदका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले ५० हजार सहयोग गरेका छन् । गण्डकी निर्माण समन्वय प्रालिले पनि ७५ हजार सहयोग गरेको छ । प्रालिका प्रबन्ध निर्देशक रमेश सिकेले उक्त रकमको चेक महानगर प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरेका हुन् ।
पतञ्जली योग पिठ नेपालले पनि पोखरा महानगरपालिकालाई २० कार्टुन साबुन हस्तान्तरण गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शोभामोहन पौडेलको समन्वयमा पतञ्जली योग पिठ नेपालका शालिग्राम सिंहको पहलमा गण्डकी प्रदेशका योग प्रमुख नरेन्द्र लालचन, उद्योग संयोजक धर्मराज शर्मा, संगठन मन्त्री लक्ष्मण पौडेल, गण्डकीका सदस्य मनोज श्रेष्ठसहितको टोलीले महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई साबुन हस्तान्तरण गरेका थिए ।
पोखरामहानगरको कोषमा मंगलबारसम्म ४ करोड १० लाख १९ हजार ७ सय ५९ रुपैयाँ जम्मा भएको छ । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने छ ।
Related News
सम्बन्धित समाचार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१