स्याङजा, १३ बैशाख । लकडाउनको दिन बढदै जान थालेपछि अलपत्र मजदुरहरुलाई नेपाल रेडक्रस सोसाईटी स्याङजा शाखाले खानाको व्यवस्था गरेको छ । रेडक्रस स्याङजाले सातुपसल, करेण्डाडा र चक्रकमला उपशाखाको आयोजनामा खाना तथा खाजाको व्यवस्था गरेको हो ।
लक डाउनका कारण भोकभोकै मदजुहरु आवत जावत गर्न थालेपछि विभिन्न रेडक्रसका उपशाखाहरुको समन्वयमा खाना खुवाउने व्यवस्था गरेको सातुपसल उपशाखाका अध्यक्ष भागीरथ तिवारीले जानकारी दिए । उत्त शाखाहरुले दैनिक जसो २० देखी ३० जनालाई खाना र खाजाको व्यवस्था गरेको छ ।खाना खुवाउने स्थलमा आवश्यक पर्ने चामल, तरकारी, दाल र पानी लगायतका खाद्यान्न सामाग्रीहरु रेडक्रस स्याङजा शाखाले सहयोग गरेको छ । स्थानीय लाम्पाटा र पुलकोमुख बासीहरुले पनि खाद्यान्न सहयोग गरेको तिवारीले जानकारी दिए ।
रेडक्रस स्याङजाले जिल्ला प्रशासन र नेपाल आर्मीको समन्वयमा पनि पुतलीबजारको विष्णु पधेरामा पनि खाना खुवाउने स्थाल निमार्ण गरेको छ । रेडक्रसले हाल सम्म करिब दुई सय जना मज्दुरहरुलाई खाना र खाजाको व्यवस्था गरेको रेडक्रसका स्याङजाका मन्त्री दिनेश अर्यालले बताए । त्यसैगरी पुतलीबजार ६ का वडा अध्यक्ष कृष्णबहादुर कार्कीले पोखराबाट वर्दीया हिडेका २१ मदजुरलाई खाजाको व्यवस्था गरेका छन् । उनले बर्दीया हिडेका मदजुरहरु अलपत्र परेपछि बास बस्ने ठाँउको व्यवस्था सहित चिउरा, चाउचाउ, दालमोठ र पानीको व्यवस्था गरेका थिए ।
Related News
सम्बन्धित समाचार
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
बुढ्यौलीमा भेडीगोठ मोह
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१