काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी स्थापना दिवसका अवसरमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद्हरुसँग प्रदेशगतरुपमा छलफल शुरु गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा आज सुदूरपश्चिम प्रदेशका सांसद्हरु सहभागी भएका र यसपछि बुधवार र बिहीबार गरी क्रमशः प्रदेश नं १ र बागमती प्रदेश हुँदै सबै प्रदेशका सांसद्सँग छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
छलफलमा हालै जारी भएका दुई अध्यादेश, कोरोना भाइरसविरूद्ध जारी लकडाउन र आगामी कार्यभार लगायतका विषयमा सांसदहरूलाई स्पष्ट पारिने जनाइएको छ । ती विषयमा पार्टीभित्रै विभिन्न मतहरु व्यक्त भइरहेका बेला नेतृत्वबाट यस प्रकारको छलफल आयोजना भएको हो । अध्यक्षद्वयले आजै पार्टी स्थापना दिवसका अवसरमा वक्तव्यहरु जारी गरी पार्टी एकतालाई अझ सुदृढ र बलियो बनाउन र कम्युनिष्ट आन्दोलनको लक्ष्यमा निरन्तर क्रियाशील हुन नेता कार्यकर्तालाई आव्हान गरेका थिए ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१