एट्लेटिको मड्रिडमा आफू फिट रहेको जाओ फेलिक्सको दाबी

एजेन्सी
वैशाख ८, २०७७
jaoa Phelix, Atheletico Madrid

विश्वकै चौथो महङ्गा पोर्चुगिज फुटबलर जाओ फेलिक्सले एट्लेटिको मड्रिडमा आफू फिट रहको दावी गरेका छन् ।

फेलिक्सले एट्लेटिको मड्रिड क्लबबारे प्रतिक्रिया दिदैँ यस्तो बताएका हुन् । एट्लेटिकोको खेल्ने शैली र रणनीतिमा आफू फिट भएको उनको दाबी छ ।

एट्लेटिको मड्रिड क्लबबारे फेलिक्सले भनेका छन्, ‘एट्लेटिकोमा आउन हरेक खेलाडीको सपना हुन्छ । अन्य धेरै क्लबहरुबाट आफूलाई अफर आएको छ । तर, एट्लेटिको मड्रिड क्लब आफूलाई फिट क्लब भएका कारण यहाँ आएको हुँ । विस्तारै एट्लेटिकोले खेलमा पकड जमाउनेछ ।’

जाओ फेलिक्स विश्वकै चौथो महङ्गा खेलाडी हुन् । उनलाई गत वर्ष एट्लेटिको मड्रिडले बेनफिकालाई १३५ मिलियन युरो तिरेर अनुबन्ध गरेको हो । यस सिजनको सुरुवातमा एट्लेटिको आएका उनले सुरुका खेलहरुमा खासै प्रभाव जमाउन सकेनन् ।

तर, पछिल्लो खेलहरुमा क्लबका लागि उनले बिस्तारै आफ्नो प्रभाव जमाउन सफल भएका छन् । उनले यस सिजनमा ११ गोल गरिसकेका छन् । त्यस्तै, ८ वटा ऐसिस्ट गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width