लिभरपुलका गोलकिपर एलिसान बेकर चोटमुक्त, एलिसानले अब छिट्टै खेलमा कमब्याक गर्दै

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७७
Alisson Baker, Liverpool Goalkeeper

इङ्लिस प्रिमियरसीप क्लब लिभरपुलका गोलरक्षक चोट मुक्त भएका छन् ।

लिभरपुलका गोलकिपर प्रशिक्षकले यस्तो बताएका हुन् । एफए कप अन्तर्गत चेल्सीसँगको खेलमा घाइते भएका ब्राजिलियन गोलकीपर एलिसान लामो समयदेखि मैदानबाहिर थिए । चोटमुक्त भएसँगै विस्तारै उनी अभ्यास गरिरहेको बताइएको छ ।

खेल समिक्षकहरुका अनुसार च्याम्पियन्स लिगमा २७ वर्षे एलिसानलाई लिभरपुलले मिस गरेको थियो । एट्लेटिको मड्रिडसँग पराजित भएको लिभरपुलले अन्तिम १६ को दोस्रो लेगमा पराजित भएको थियो ।

यस सिजन लिभरपुल प्रिमियर लिग उपाधिको निकै नजिक रहेको छ । यो कठिन यात्रामा क्लबका लागि पर्खाल सावित बनेका गोलरक्षक एलिसानले बाँकी खेल खेल्न सक्ने संभावना बढेको छ ।

लिभरपुलले लिगमा दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध २५ अंकको अग्रता बनाएको छ । प्रिमियर लिग उपाधि जित्न अब लिभरपुलले दुई खेल जित्नुपर्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width