बेलायतको अन्डरसटस्थित प्रिन्सेस गार्डेनमा बेलायती सेनाको सबैभन्दा विशिष्ट पदक भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा राइफल म्यान कुलवीर थापाको सालिक शनिबार अनावरण गरिएको समाचार सम्प्रेषण भएको छ । समाचारअनुसार सालिक बौद्ध परम्पराअनुसार लामाले र हिन्दु परम्पराअनुसार ब्राह्मण पण्डितले पूजा गरिएपछि अनावरण गरिएको थियो । संयुक्त रुपमा अनावरण गर्नेहरुमा बेलायतका रक्षा राज्यमन्त्री लियो डोन्बेर्टी ह्याम्सायर काउपटीका डेपुटी लेफ्टिनेन्ट मणिकुमार राई, नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाललगायत थिए । सालिक निर्माणका लागि ग्रेटर र समीर नेप्लिज कम्युनिटीको नेतृत्वमा नेपाली तथा विदेशीहरुबाट चन्दा संकलन गरिएको थियो । सालिक निर्माणमा १ लाख ७० हजार पाउन्ड खर्च भएको जनाइएको छ । त्यो सालिकले गोर्खा भत्र्ती केन्द्रका गोर्खालीहरुको मात्र होइन, सम्पूर्ण नेपालीको गौरव बढाएको छ ।
नेपाललाई सगरमाथाको देश र बुद्वको देश भनेर मात्र होइन, गोर्खालीहरुको देश भनेर पनि चिनिन्छ । गोर्खालीहरुले बेलायती सेनामा रहेर अद्भूत पराक्रम देखाउने गरेका छन् । त्यस्तो पराक्रम देखाएर धेरैले ठूलठूला पदक पाएका छन् । बेलायती सेनाको सर्वाधिक ठूलो विशिष्ट पदक भिक्टोरिया क्रस हो । त्यही भिक्टोरिया क्रस (भिसी) पदक पाउने पहिलो नेपाली राइफल म्यान कुलवीर थापा हुन् । उनै कुलवीर थापाको सालिक अहिले बेलायतमा स्थापना गरिएको हो ।
राइफल म्यान कुलवीर थापा बागलुङ जिल्लाको निगालेपानीमा सन् १८८८ मा जन्मेका थिए । उनी ब्रिटिस सेनामा भर्ती हुँदा थर्ड गोर्खाको पहिलो बटालिएन (१/३) मा थिए । उनी पहिलो विश्वयुद्वको समयमा सेकेन्ड बटालियनमा सरुवा भएर सन् १९१४ मा आफ्नो बटालियनका साथ फ्रान्समा पुगेका थिए । १९१५ सेप्टेम्बरमा दक्षिणी फ्रान्समा भयङ्कर ठूलो युद्व खासगरी जर्मनीहरुसँग भएको थियो । युद्धमा सातौं भारतीय डिभिजनअन्तर्गत गढवाल ब्रिगेड र थर्ड गोर्खा राइफल्सका सेकेन्ड बटालियनमा युद्धरत थिए । ब्रिटिस सेनाले जर्मनी पक्षलाई खास नोक्सान पुर्याउन सकेको थिएन । जर्मन पक्षबाट भने मेसिनगनबाट अन्धाधुन्ध फायर गर्दै थियो । गोर्खा राइफलले धनजनको ठूलो क्षति व्यहोर्दै थियो । त्यस्तैमा राइफल म्यान कुलवीर थापा एवं ब्रिटिस गोर्खा अफिसरका साथ जर्मन ट्रेन्चतिर अघि बढिरहेका थिए । उनी घाइते हुन पुगे । आपूm घाइते भए पनि उनले घाइते ब्रिटिस सैनिकहरुलाई जर्मन ट्रेन्चको पछाडि लगेर रातभरि राखेर भोलिपल्ट उनले गोला बारुदको बीचमा आफ्नो घाइते अवस्थाको ख्याल नगरी ज्यानको माया मारेर अदम्य साहस देखाएर धेरै सैनिकलाई बचाएका थिए । उनको त्यही पराक्रमको कदर गरेर बेलायती सरकारले भिसी पदक दिएको थियो । उनी हबल्दारमा पदोन्नति भई नेपाल आएका थिए । सन् १९५६ मा उनको आफ्नै गाउँमा निधन भएको थियो । आज उनैको सालिक बेलायतमा स्थापना गरिएको छ । हामी उनको बहादुरीप्रति एक पटक फेरि सलामी अर्पण गर्न चाहन्छौं ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१